मोरङ,२७ बैशाख । नेकपा (एकीकृत समावादी) बाट झापाको गौरीगञ्ज गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका भूपनारायण राजवंशी एमालेमा फर्किएका छन् । एमाले विभाजन हुँदा समाजवादी रोजेर स्थानीय चुनावमा गाउँपालिका अध्यक्ष उम्मेदवार पनि बनेका राजवंशी चुनावको पूर्वसन्ध्यामा एमालेमै फर्किएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेर उनले एमालेमै फर्किएको घोषणा गरेका हुन् । एमाले फर्किएको घोषणा गरेका भूपनारायणले विज्ञप्ति जारी गर्दै भनेका छन्, 'नेकपा एमालेभित्रको तत्कालीन अन्तर्विरोधमा म एउटा पक्षमा लागेको थिएँ ।
त्यो पक्ष माधव नेपाल नेतृत्वको पक्ष थियो । जतिबेला म सो पक्षमा लागें, त्यसबेला ठीक गरे भन्ने ठानेको थिएँ । तर, समयक्रम र राष्ट्रिय राजनीतिको घटनाक्रमहरु हेर्दै जाँदा गलत गरेको निष्कर्षमा पुगेको छु ।'


