सुन्दरहरैँचा,११ जेठ । मोरङको सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदार प्रसाद गुँरागाईले पदभार ग्रहणको क्रममा वडाबाटै घरको नक्सा पास हुने व्यवस्था गर्ने निर्णय गरेका छन् ।
गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेको तर्फ़बाट मेयर पदमा निर्वाचित भएका गुँरागाईले सोमबार यस्तो निर्णय गरेका हुन । चुनावी अभियानमा जाँदा घर नक्सा बनाँउदा दुःख पाएको भन्ने गुनासो आएपछि वडा बाटै घर नक्साको काम गर्ने गरी निर्णय गरेको नगर प्रमुख गुरारागाईले बताए ।
‘ओभरसियरहरु वडामै छन् । उनीहरुलाई केही समस्या भए नगरपालिका बाट इञ्जिनियर पठाउँछौँ । सबै काम वडावाटै सकेर सेवाग्र्राहीले प्रमाणपत्र लिन भने नगरपालिका आउनुपर्छ’, उनले भने ।
यस्तै आधारभूत विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्ने निर्णय पनि उनले गरेका छन् । माध्यमिक विद्यलायहरुलाई संघ तथा प्रदेश सरकारले नमुना बनाउन सहयोग गर्ने गरेकाले नगरपालिकाले आधारभूत विद्यालयलाई नमुना बनाउने नीति लिएको उनले बताए । आधारभुत तहबाटै शैक्षिक गुणस्तर सुधार गर्न आवश्यक देखिएको समेत गुँरागाईले बताए ।




















