दाङ,११ जेठ । दाङको तुलसिपुर उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेले सानदार जीत निकालेको छ । खर्भरै सम्पन्न मत गणनाको परिणाम अनुसार मेयरमा एमालेका टिकाराम खड्का ३१ हजार ४ सय ८ मतका साथ विजयी हुनुभएको छ ।
खडकाका प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७ सय १७ मत मात्रै पाउनु भएको छ । यस्तै उपमेयरतर्फ पनि एमालेकै स्यानी चौधरी निर्वाचित हुनुभएको छ । चौधरीले ३० हजार ५ सय ९७ मतका साथ बिजयको यात्रा तय गर्नुभएको हो ।
उपमेयर गठबन्धनबाट साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले २१ हजार ६५ मत मात्रै पाउनु भएको छ । तुल्सीपुर एमाले महासचिव शंकर पोखरेलको गृहनगर पनि हो । चुनावमा पराजीत हुने निश्चित भएपछि नेकपा एसका केन्द्रीय सदस्यसमेत रहनुभएका रानाले पार्टीको जिम्मेवारीबाट राजीनामा दिनुभएको छ ।



















