पथरी,११ जेठ । मोरङको पथरी बहुमुखी क्याम्पसले पथरी शनिश्चरेमा नव निर्वाचित नगर प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरुलाई क्याम्पसले सम्मान गरेको छ ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष रामकुमार वस्नेतको अगुवाईमा बुधबार एक कार्यक्रम बिच सम्मान गरेकोहो । नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्लेका साथै क्रमशः वडाध्यहरु भीमकुमार राई, नैना राई, विजय लिम्बू, लोकनाथ न्यौपाने, चेतेन्द्र खडका, कृष्णकुमार बस्नेत, उद्धवराज वस्नेत, नवीन कार्की र जीवन खतिवडालाई कदर पत्र सहित सम्मान गरिएको हो ।

वधाई तथा शुभकामना कार्यक्रमा नगरको एकमात्र उच्चशिक्षा हासिल गर्ने समुदायस्तरको क्याम्पस सञ्चालनमा भएको आर्थिक कठिनाइलाई सहज बनाउँदै लान जनप्रतिनिधिहरुको पहल आवश्यक रहेको सञ्चालक समितिले जानकारी गरायो । क्याम्पसका लागि आफुहरुले सक्दो टेवा पुर्याउने नगर प्रमुख तुम्वापो सहितका जनप्रतिनिधिले उल्लेख गरे ।