पथरी,१२ जेठ । पथरीशनिश्चरे नगरपालिका नगर कार्यपालिकाको कार्यालय पथरीले हालै खरिद गरिएको फर्निचर सम्बन्धमा स्प्रष्ट पारेकाे छ ।

बुधबार पथरीशनिश्चरे नगरपालिका नगर कार्पालिकाको कार्यालयले हालै गरेको फर्निचर खरिद सम्बन्धमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा भएको टिकाटिप्पणीबाट नगरवासीहरुमा हुन गएको द्विविधा निराकरणको लागि एक विज्ञप्तिमार्फत स्पष्ट पारेको हो ।

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलद्वारा हस्ताक्षर गर्नुभएको विज्ञप्तिमार्फत अगाडि भनिएको छ -" पथरीशनिश्चरे नगरपालिका नगर कार्यपालिकाको कार्यालय तथा मातहतका वडा कार्यालयहरु र आधारभुत स्वास्थ्य केन्द्रका लागि आवश्यक फर्निचर खरिद गर्ने प्रयोजनका लागि मिति २०७८/०३/१० मा भएको नवौँ नगरसभाबाट फर्निचर तथा फिक्चर्स खरिद गर्नका लागि रु.५०,००,०००/०० रकम विनियोजन भएकोमा पुन: मिति २०७८/११/१० गतेको दशौं नगरसभाले उक्त वजेटलाई परिमार्जन गरि रु ३५,००,०००/०० कायम गरेको कार्यालयलाई आवश्यक पर्ने फर्निचर खरिद कार्यका लागि रु १७,६९,०००/०० ( मूल्य अभिवृद्धि कर बाहेक) को लागत अनुमान तयार भई मिति २०७८।१२।१८ गते दैनिक पत्रिकामा शिलबन्दी दरभाउ आह्वान सम्बन्धी १५ दिने सूचना प्रकाशन गरिएकोमा ४ वटा सप्लायर्सहरुले शिलबन्दी दरभाउत्र पेश गरेको पेश हुन आएका शिलवन्दी दरभाउ पत्रहरुलाई मिति २०७९/१/१३ खोलि मुल्याङ्कन गर्दा द ड्रिम ल्याड फर्निसिङ विराटनगरको कबोल अंक लागत अनुमान भन्दा बढी रहेकोले मुल्याङ्कनमा समावेश नगरिएको र बाँकी तीन वटा सप्लायर्सहरुको शिलवन्दि दरभाउ पत्र मुल्याङ्कन गर्दा एबि सप्लायर्सको कबोल अंक रु १६,१५,९५०/०० ( मूल्य अभिवृद्धि कर बाहेक) सबै भन्दा कम मुल्याङकित दरभाउपत्र रहेकोले उक्त फर्मको दरभाउ प्रस्ताव स्वीकृत गरी मिति २०७९/०१/१६ गते दरभाउ पत्र स्वीकृत गर्ने आसयको सुचना प्रकाशन गरिएकोमा ७ दिन भित्रमा अन्य दरभाउपत्रदाताहरुबाट कुनै दावि विरोध प्राप्त नभएकोले मिति २०७९/०१/२३ गते निज एवि सप्लायर्सलाई सम्झौता गर्न आउने बारे कार्यालयको तर्फवाट पत्रचार गरी मिति २०७९/०१/२७ गते ३० दिन भित्रमा सम्पुर्ण फर्निचर सप्लाई गर्ने गरी फर्निचर खरिदको लागि सम्झौता गरिएको यसरी नवौं नगर सभावाट रकम विनियोजन भई शिलबन्दि दरभाउपत्रको माध्यमबाट कार्यालय, वडा कार्यालय तथा आधारभुत स्वास्थ्य केन्द्रहरुको लागि आवश्यक पर्ने फर्निचर खरिद कार्य भएको हुँदा सम्पूर्ण नगरवासीहरुको जानकारीका लागि अनुरोध छ ।

282252747_723263649093899_3345202423999794708_n