काठमाडाैं,१४ जेठ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद् झपट बहादुर रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई सदनमा ६ घण्टा बोल्न चुनौती दिनुभएकाे छ ।
शनिबार बसेकाे प्रतिनिधि सभा बैठकमा सरकारकाे नीति तथा कार्यक्रममाथिकाे छलफलमा बाेल्दै सांसद् रावलले सत्ता गठबन्धनका सांसद्ले साे चुनाैती दिनुभएकाे हाे । प्रमुख प्रतिपक्षी नेता केपी शर्मा ओलीले सदनमा गरेकाे सम्बाेधनलाई लिएर गठबन्धनका नेताले राेइलाे गरिरहेका भन्दै उहाँले प्रधानमन्त्री देउवा ६ घण्टा बाेले आफूहरु धैर्यपूर्वक सुन्न तयार रहेकाे बताउनुभयाे ।
'सत्तापक्षकाे एउटै राेइलाे सुनियाे प्रतिपक्षकाे नेताले ३ घण्टा भाषण गर्नुभयाे, म यहिँबाट अनुराेध गर्न चाहान्छु, आज प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम छ, सम्माननीय प्रधानमन्त्री ज्यू ३ घण्टा हाेइन,४ घण्टा,५ घण्टा ६ घण्टा कति घण्टा उभिएर जवाफ दिन सक्नुहुन्छ, हामी प्रतिपक्ष धैर्यपूर्वक सुन्न तयार छाैं'- रावलले भन्नुभयाे ।
एमाले प्रतिपक्षमा हुँदा पनि सत्तामा रहेकाे पनि रावलले बताउनुभयाे । 'उहाँहरुकाे जुन बहस र छलफल छ,त्याे प्रतिपक्षका नेताले बाेलेका विचारप्रति केन्द्रित भएकाे छ, यसले के देखाउँछ भने स्वयंम तपाईंहरु सत्तामा हुँदा पनि प्रतिपक्षमा हुनुहुन्छ,नेकपा एमाले प्रतिपक्षमा हुँदा पनि सत्तामा छ भन्ने प्रमाणित भएकाे छ'-रावलले भन्नुभयाे ।
सरकारकाे नीति तथा कार्यक्रम प्रधानमन्त्री र मन्त्रीमा मात्र केन्द्रित भएकाे रावलले बताउनुभयाे । सत्ता गठबन्धनले लाेकतन्त्रकाे अवमूल्यन गरेकाे सांसद् रावलले बताउनुभयाे । मिटरव्याजीहरुलाई कानुन दायरा ल्याउन उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । सांसद् रावलले गठबन्धन सरकारले चुनावकै भाेलिपल्ट महंगी बढाएर जनतालाई आहात दिएकाे बताउनुभयाे । जनताकाे मतले गठबन्धन सरकार बच्याे,त्यहिँ सरकारले महंगी बढाएर जनताकाे ढाड भाँच्याे भनेर अहिले सर्वत्र सरकारकाे विराेध भइरहेकाे उहाँकाे भनाइ छ ।



















