विराटचोक,१४ जेठ । मोरङको सुन्दरहरैँचा नगरपालिकाको कार्यपालिका सदस्यमा आठै जना उम्मेदवार निर्विरोध चयन भएका छन् । आठै जना उम्मेदवार नेकपा एमालेका हुन् ।

गत बिहिबार नगरपालिकाको कार्यपालिका निर्वाचनका लागि मनोनयन दर्ता गराएका एमालेका आठ जना निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतका अनुसार कार्यपालिका सदस्य आठ जनाका लागि एमालेबाट महिलातर्फ ५ जना र दलित तथा अल्पसंख्यकबाट उम्मेदवारी परेको थियो ।

सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४ कि दुर्गा पोखरेल वडा नम्बर ६ कि टुनाकुमारी बिक, वडा नम्बर ७ कि सिता अधिकारी वडा नम्बर ९ कि रुकमणि घिमिरे र वडा नम्बर १० कि बबिता खापुङ्गको उम्मेदवारी परेको थियो ।   दलित तथा अल्पसङ्ख्यकबाट वडा नम्बर १ का दयाराम खवास वडा नम्बर ३ का अजम्बर राई र वडा नम्बर ६ कि आनन्द कुमारी लिंखाले उम्मेदवारी दिएका थिए । सबै सदस्यहरुलाई शनिवार सपथ ग्रहण गराइएको छ ।