पथरी,२३ जेठ । नवनिर्वाचित मेयर, उपमेयर तथा वडाध्यक्ष लगायतका जनप्रतिनिधिकाे लागि पथरीशनिश्चरे प्याव्सन नगर कमिटीले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।

 सोमबार पथरी शनिश्चरे-२ सिन भिलेज पाटी प्यालेन्समा अपरान्ह चार बजे निजी तथा संस्थागत विद्यालयहरूको छाता संगठन ( प्याव्सन) पथरीशनिश्चरे नगर कमिटीले आयोजना गरेको कार्यक्रममा पथरीशनिश्चरे नगरका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना प्रदान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख माेहनप्रसाद तुम्वापाेले निजी तथा संस्थागत विद्यालयहरूले भोगेका समस्या समाधानका लागि पथरीशनिश्चरे नगरको स्थानीय तहको सरकारले आगामी आइतबार देखि "आईतबार "दिनमा पनि विद्यालयमा शैक्षिक पठनपाठनको कार्य संचालन हुने गरि आज सोमबार सम्पन्न नगरपालिकाले बैठकले गरेको जानकारी दिनुभयो। सोही

अवसरमा निजी विद्यालयका समस्याको समाधानका लागि प्रयास गर्ने पनि प्रतिबद्धता जाहेर गर्नुभएको थियो।
उक्त अवसरमा नगरकी उप-प्रमुख देवीमाया काफ्ले तथा वडाध्यक्षहरू क्रमशः वडा नं १ का भीम राई, २ नं वडाका वडाध्यक्ष नैनसिंह राई, ४ नं वडाका वडाध्यक्ष लोककिरण न्याैपाने, वडा नं ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, वडा नं ८ का वडाध्यक्ष नवीनजंग कार्की,१० नं वडाका वडाध्यक्ष जीवन खतिवडा, लगायतका जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो।

कार्यक्रममा नगर प्याव्सन सल्लाहकार नवोलकिशोर खनालले "शुल्क निर्धारण तथा हप्तामा दुई दिने सार्वजनिक विदा दिनेबारे व्यवहारिक र न्यायाेचित निर्णय भए हुन्थ्यो" भन्नु भयो। सोही कार्यक्रममा जनप्रतिनिधिहरुको तर्फबाट वडाध्यक्ष भीम राईले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेकोमा आभार प्रकट गर्दै नगर प्याव्सन अन्तर्गतका विद्यालयहरूले पुराएकाे योगदानकाे प्रशंसा गर्नुभयो भने वडा नं ४ का लोककिरण न्यौपानेले समेत निजी तथा संस्थागत विद्यालयहरूले शिक्षा प्रदान गर्न ठुलो योगदान पुर्याएको भन्दै नगरको शिक्षाको गुणस्तर सुधारका निम्ति लागि पर्ने बताउनु भयो।

नगर कार्य समितिका अध्यक्ष सुरेन्द्र लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा मोरङ जिल्ला प्याव्सनका सदस्य राजु तिमिल्सिना , नगर प्याव्सन सल्लाहकार नवोलकिशोर खनाल तथा टिका दंगाल , शिक्षा तथा खेलकुद शाखाका प्रमुख शालिकराम काफ्ले, इलाका कार्यालय पथरीका प्रहरी प्रमुख डिएसपी वेदप्रसाद गौतम लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन नगर कमिटीका सचिव सन्तोष बस्नेतले गर्नुभएको थियो।

सोही क्रममा, नगरक्षेत्रलाई कार्यक्षेत्र बनाई अहिलेसम्म आठ वटा ऐतिहासिक तथा पर्यटकीय महत्वका विषयमा पुस्तकहरू प्रकाशित गर्दै आउनु हुने पथरीशनिश्चरे -१ स्थित स्थायी बसोबास गर्दै आएका लेखक तथा संकलक दिपेन्द्र तिमिल्सिनालाई पुरस्कार तथा सम्मान गरिएको थियो।