पथरी,२३ जेठ। मोरङको पथरी शनिश्चरे नगरमा दोस्रो कार्यकालका लागि नवनिर्वाचित जनप्रतिनिधिहरूलाई नीजि तथा आवासीय विद्यालय संगठन (प्याब्सन ) नगर समितिले आज स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

नगर प्रमुख मोहनप्रसाद तुम्बापो, उपप्रमुख देवीमाया काफ्ले र वडाध्यक्षहरूलाई स्वागत सम्मान गरिएको हो । नगर प्रमुख तुम्बापो र वडाध्यक्षहरूलाई ढाकाटाेपी र उपप्रमुख काफ्लेलाई दोसल्लाले सम्मानित गर्दै शिक्षा क्षेत्रको न्यायोचित विकासको अपेक्षा गरी सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।

2022-06-06 (2)

कार्यक्रममा, नगर प्रमुख तुम्बापोका साथै वडा नम्बर १ का वडाध्यक्ष भिमकुमार राई र ४ का वडाध्यक्ष लोकनाथ न्यौपानेले सस्थागत विद्यालयको योगदान र पालिकाले निर्वाह गर्नु पर्ने दायित्वका बारेमा बोल्नु भयो । प्याब्सनका नगर सल्लाहकार नोवलकिशोर खनाल, नगर अध्यक्ष सुरेन्द्र लिम्बूले मन्तव्य व्यक्त गर्नु भयो । सो अवसरमा नगरका ऎतिहासिक गतिबिधिलाई पुस्तकमा प्रकाशित गर्दै आउनुभएका दीपेन्द्रराज तिम्सिनालाई सम्मानपत्र र दोसल्लाले सम्मानित गरिएको छ ।

286096001_534062448185365_751664777069117693_n (2)