काठमाडौं,२४ जेठ । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले काठमाडाैंकाे नयाँ बानेश्वरमा मसाल जुलुस निकालेको छ ।
सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट खारेज गर्न माग गर्दै युवा संघले मसाल जुलुस निकालेकाे हाे । मसाल जुलुसमा सहभागीहरुले इम्बाेस्ड नम्बर खारेज गर,हाम्राे भाषा हाम्राे देश प्राण भन्दा प्याराे छ लगायत नारा लगाएका छन् ।
यसअघि युवा संघले आजै बानेश्वरमा प्रदर्शन गरेकाे थियाे । युवा संघकाे शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले धरपकड गरेकाे थियाे । त्यसक्रममा प्रहरीकाे लाठी प्रहारबाट युवा संघका केही नेता घाइते भएका छन् ।



















