काठमाडौं,२८ जेठ । काठमाडौंका मेयर बालेन्द्र शाहले वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालसँग भेटघाट गरेका छन् ।
मेयर शाहले महानगरको काम कारबाहीलाई सहज बनाउने उद्देश्यका साथ वडा अध्यक्षहरूसँगको छलफल थालेका छन् । हास्य कलाकार अर्जुन घिमिरे पाँडेसँगै रिजाल निवास बालाजु पुगेका शाहले त्यहाँ वडाध्यक्ष रिजालसँगै लन्च गर्दै करिब दुई घण्टा बिताए । महानगरको कामलाई कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताइएको छ ।
महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा प्रक्रियाको विषय सम्झाउँदा तोडफोड गरेर रिजाललाई सामाजिक सञ्जालमा भाइरल बनाइएको थियो । तर रिजालले भने आफु समग्र महानगरको विकासको पक्षमा रहेको र महानगरपालिकाको सञ्चालन प्रक्रियामा टेकेर काम हुनुपर्छ मात्र भनेको बताउँदै आएका छन् ।



















