काठमाडौं,२८ जेठ । रसुवा जिल्ला समन्वय प्रमुखमा नेकपा एमालेका अशोककुमार घिमिरे निर्वाचित भएका छन् ।

समन्वय समितिमा एमाले र इतरको गठबन्धन बनेको थियो । शनिवार भएको निर्वाचनमा एमाले र कांग्रेसका उम्मेदवारले बराबर मत ल्याएपछि भएको गोला तान्दा प्रमुख उपप्रमुखसहित एमालेले ५ सदस्य तथा कांग्रेसले ४ सदस्य जितेको हो ।

घिमिरे उत्तरगया गाउँपालिकाबाट वडा सदस्य निर्वाचित भएका थिए । एमाले केन्द्रीय सल्लाहकार कमिटी सदस्य रहेका घिमिरे रसुवाको समन्वय प्रमुख बनेका हुन् रसुवामा एमाले र कांग्रेसले समन्वयको लागी बराबर ५/५ मत रहेको थियो ।

उपप्रमुखमा एमालेकै विजय तामाङले बाजी मारेका छन् । नौ सदस्यीय समन्वय समितिमा एमालेले ५ सिट जित निकालेको छ । एमालोबाट खुवाप्रसाद पौडेल, कामिछिरिङ तामाङ, वेसिरानी तामाङ विजयी भएका छन् ।

त्यस्तै गोला तानेर कांग्रेसबाट चार जना सदस्य सविता गुरुङ, पार्वती विक, खिलबहादुर न्यौपाने, कार्पोक लामा निर्वाचित भएका छन ।

ishor-uml-bhaktpur-jss

त्यसैगरी भक्तपुर जिल्ला समन्वय समितिको प्रमुखमा पनि एमालेका ईश्वर थापा गोला प्रक्रियाबाट निर्वाचित भएका छन् । भक्तपुरमा जिसस बनाउन कुनै पनि दलको बहुमत थिएन ।

एमालेका तीन,कांग्रेस माओवादी गठबन्धनको ३ र नेपाल मजदुर किसान पार्टीको दुई मत रहेको थियो । एमाले र गठबन्धनको बराबरी मत आएपछि गोला तान्दा एमालेका ईश्वर थापा विजयी भएका हुन् ।

त्यस्तै उपप्रमुखमा गोला तान्दा कांग्रेसकी सुजाते बादे श्रेष्ठ निर्वाचित भएकी छन् । कांग्रेसबाट उपप्रमुखसहित एक सदस्य जित्दा एमालेले प्रमुखसहित ५ सदस्य जितेको छ ।