काठमाडाैं,१४ असार । वैशाख ३० गते सम्पन्न स्थानीय तह चुनावमा नेकपा एमालेकाे विद्यार्थी संगठन अनेरास्ववियुबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएकाे छ ।
जननेता मदन भण्डारीकाे ७१औँ जन्म जयन्तीका अवसरमा अनेरास्ववियुले संगठनबाट स्थानीय तह चुनावमा निर्वाचित जनप्रतिनिधिलाई मंगलबार एक कार्यक्रमबीच सम्मान गरेकाे हाे ।
नवनिर्वाचित जनप्रतिनिधिलाई एमाले महासचिव शंकर पोखरेल,विद्यार्थी इञ्चार्ज तथा केन्द्रीय सदस्य माधव ढुंगेल,अनेरास्ववियुका अध्यक्ष सुनिता बराल लगायतले सम्मान गर्नुभयाे ।
स्थानीय तह चुनाव एमालेबाट टिकट पाएका विद्यार्थी नेतामध्ये २० जनाले चुनाव जितेका थिए । अनेरास्ववियुका स्थायी कमिटी सदस्य डम्बर बिसी अछामको तुर्माखाँद गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ । सचिवालय सदस्य अस्मिता थापा ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्षमा विजयी हुनुभएकाे छ । अनेरास्ववियु बारा जिल्ला कमिटी कोषाध्यक्ष सममाया थिङ निजगढ नगरपालिकाको उपमेयरमा निर्वाचित हुनुभएकाे छ ।
अनेरास्ववियुका १६ नेता वडाध्यक्ष बन्न सफल भएका छन् भने २ नेताले सदस्य पद जितेका छन् ।
यी हुन् एमालेबाट निर्वाचित अनेरास्ववियुका जनप्रतिनिधि:
१. डम्बर बिसी - तुर्माखाँद गाउँपालिका अध्यक्ष अछाम
२. अस्मिता थापा - लिखु गाउँपालिका उपाध्यक्ष ओखलढुंगाा
३. सोममाया तामाङ - निजगढ नगरपालिका उपमेयर बारा
वडाध्यक्षहरु
४. दिनेश भट्ट - दोगडा केदार बैतडी
५.भरत कोने गुरुङ - अन्नपूर्ण गाउँपालिका कास्की
६.धर्मप्रसाद दाहाल - दमक नगरपालिका झापा
७. लोकेन्द्र बोहोरा - जयपृथ्वी नगरपालिका बझाङ
८.निरक बहादुर शाही - तुर्माखाँद गाउँपलिका अछाम
९.तेज शर्मा चापागाईं - कुश्मा नगरपालिका पर्वत
१०.ओम बस्नेत - दोधारा चाँदनी नगरपालिका कन्चनपुर
११. बाबुराम अर्याल - बाणगंगा नगरपालिका कपिलवस्तु
१२. रवि रानाभाट - चन्द्रपुर नगरपालिका रौतहट
१३. गोविन्द चौरसिया - मनरा सिसवा नगरपालिका महोत्तरी
१४. वर्षात भण्डारी - तुलसीपुर नगरपालिका दाङ
१५. प्रज्ज्वल ढुंगाना - हरिवन नगरपालिका सर्लाही
१६. कमल भुल - दोगडा केदार गाउँपालिका बैतडी
१७. सुशील अधिकारी - वित्थडचिर गाउँपालिका बझाङ
१८. तपेन्द्रसिंह विष्ट - मेलौली नगरपालिका बैतडी
कार्यपालिका सदस्य
१९.रवि सेन्चुरी - तिलोत्तम नगरपालिका रुपन्देही
२०.सुनिल धिमाल - उर्लावारी नगरपालिका मोरङ



















