काठमाडाैं,१५ असार । नेकपा एमालेका महासचिव शंकर पाेखरेलले नेपालकाे वामपन्थी आन्दाेलनकाे मुख्य शक्ति एमाले मात्रै भएकाे बताउनुभएकाे छ ।
अनेरास्ववियु केन्द्रीय कमिटीले मंगलबार काठमाडाैंमा आयाेजना गरेकाे 'मदन भण्डारी, जबज र नयाँ पुस्ता' विषयक विचार गोष्ठी तथा जनप्रतिनिधि सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पाेखरेलले त्यसाे भन्नुभएकाे हाे ।
नेपालकाे वामपन्थी आन्दाेलनकाे मुख्य शक्ति एमाले मात्रै हाे भन्ने कुरा स्थानीय तह चुनावले पनि पुष्टि गरेकाे उहाँकाे भनाइ छ । स्थानीय तह चुनावमा केही अनेक घेराबन्दीबीच केही सिट गुमाएपनि एमालेले लाेकप्रिय पहिलाे मत पाएकाे महासचिव पाेखरेलले बताउनुभयाे ।
केपी ओली र एमालेमाथि घेराबन्दी भइरहेकाे भन्दै उहाँले साे घेराबन्दीलाई ताेड्दै एमाले अगाडि बढ्ने बताउनुभयाे । गठबन्धनले देश बनाउन नसक्ने भन्दै महासचिव पाेखरेलले देश बनाउन एउटा बलियाे राष्ट्रिय शक्ति चाहिने बताउनुभयाे । त्याे शक्ति नेकपा एमाले भएकाे भन्दै उहाँले एमालेलाई अझ बलियाे राष्ट्रिय शक्तिकाे रुपमा स्थापित गर्नुपर्ने बताउनुभयाे ।
विचार, संगठन र राजनीतिकाे प्रश्नमा मदन भण्डारीकाे प्रभाव अतुलनिय रहेकाे महासचिव पाेखरेलले बताउनुभयाे । नयाँ विचार र मान्यतालाई स्थापित गर्दै मदन भण्डारीले नेपालकाे कम्युनिष्ट आन्दाेलनलाई उचाइमा पुर्याउने काम गर्नुभएकाे उहाँले बताउनुभयाे । नेपालकाे कम्युनिष्ट आन्दाेलन मात्र नभएर लाेकतान्त्रिक आन्दाेलनलाई उचाइमा पुर्याउने काम पनि भण्डारीले नै गर्नुभएकाे पाेखरेलले बताउनुभयाे ।



















