बाजुरा,२४ असार । बुढिगंगा नगरपालिका १० मा नेकपा एमालेका उम्मेदवार डेभिड क्षेत्री विजयी भएका छन् । काँग्रेसका उम्मेदवार मोहन बहादुर बुढालाई पराजित गर्दै क्षेत्री विजयी भएका हुन् ।
विजयी डेभिड क्षेत्रीले ५ सय ४८ मत ल्याएका छन्, भने मोहन बहादुर बुढाले ४ सय ९१ मत ल्याएका छन् । सोही वडा बाट एमालेका नगरप्रमुखका उम्मेदवार राम बहादुर बाँनियाले ६ सय २ काँग्रेसका उम्मेदवार रङ्ग बहादुर खातिको ४ सय ३६ मत ल्याएका छन् ।
उपप्रमुखमा एमाले उम्मेदवारको ५ सय ७५ र नेपाली काँग्रेस उपमेयर ४ सय ७१ मत ल्याएका छन् । बुढिगगाको यो भन्दा पहिला वडा नम्बर एकमा पनि एमाले विजयी भएको छ ।
१७ सय ७८ मतदाता रहेको वडामा ११ सय ९ मत खसेका थिए । बुढिगंगाको चुनाव असार २३ मा दोस्रो पटक भएको थियो ।



















