रुपन्देही,२५ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको कुरा सुनेर सवको खित्का छुटेको छ । बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा माधवले पदको लोभी होइन म भन्दै कमेडी गरेपछि उपस्थित पत्रकारले खित्का थाम्न नसकेका हुन ।
नेपालले आफू अध्यक्ष बन्न नपाएकै कारण एमालेबाट अलग भएर अध्यक्षका लागि नेकपा एकीकृत समाजवादी गठन गर्नुभएको थियो । तात्कालिन १० बुँदे सहमति गर्दा माधवकै तर्फबाट संयोजक रहनुभएका एमाले नेता भीम रावलले यसअघि नै माधवले अध्यक्ष बन्नकै लागि पार्टी खोल्ने जस्तो आपराधिक काम गर्नुभएको तथ्य खोलिसक्नु भएको छ ।
आफू पदबिना बस्नै नसक्ने घोषणाका साथ पार्टी गठन गरी अध्यक्ष बन्नुभएका नेपालले भन्नुभयो, ‘माधव नेपाललाई प्रधानमन्त्री चाहिएर पार्टी एकीकरण गर्न पर्दैन, म पदको पछाडि लाग्ने, पदका लागि हिरिक–हिरिक हुने मान्छे होइन । उहाँको यो कुरा सुनेर उहाँकै पार्टी निकट पत्रकारसमेत खित्का छाडन बाध्य भएका थिए ।



















