काठमाडौं,३० असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको आलोचना गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बुधबार बोल्दै सिंहले देउवा सरकार गठन भएको एक वर्ष भइसक्दा पनि कुनै देखिने र सुनिने काम नगरेको बताए।
‘सरकारले देखिने र सुनिने कुनै कार्यक्रम ल्याएन। मूल्यवृद्धि र जनजिविकाका अन्य सवालमा सरकारले ध्यानै दिएन,’ बैठकमा सिंहले भने,‘चुनाव आउन लागिसक्यो। के भनेर जनतामा जाने हो?’
सिंह कांग्रेसको १४ औं महाधिवेशनमा देउवाविरूद्ध सभापति लडेका थिए। दोस्रो चरणमा भने उनले देउवालाई सघाएका थिए। कांग्रेस केन्द्रीय समितिमा अहिले केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी छ।



















