झापा,८ साउन । नेपाली काग्रेंस परित्याग गरी ५०० भन्दा बढी सक्रिय नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।
शनिबार झापाको भद्रपुर नगरपालिकाको कुल्ली चोकमा भएको कार्यक्रममा ठुलो सङ्ख्यामा कांग्रेस परित्याग गरी युवाहरू एमाले प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्ने नव आगन्तुक नेता कार्यकर्तालाई नेकपा एमालेका केन्द्रीय सदस्य एवं उद्योग विभागका उपाध्यक्ष दुर्गा प्रसाईँले स्वागत गर्नुभयो ।

पार्टी प्रवेश कार्यक्रममा बोल्नुहुँदै नेकार्यक्रममा बोल्नुहुँदै नेता प्रसाईँले मुलुकमा गठबन्धनका नाउँमा ठगी धन्दा चलिरहेको भन्दै अब सम्पूर्ण युवाहरू जाग्नु पर्ने बेला आएको बताउनुभयो ।

नेता प्रसाईँले आगामी सङ्घीय निर्वाचनबाट राष्ट्रदोह्री पार्टीहरू सधैँका लागि हराउने भन्दै राष्ट्र निर्माणका लागि नेकपा एमालेमा आव हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा पार्टी प्रवेश गर्ने नेता कार्यकर्ताहरूले नेपाली काग्रेंसका नेताहरूको झुटो आश्वासनबाट वाक्क हुँदै आफूहरू एमालेमा प्रवेश गरेको बताउनुभयो । उहाँहरूले एमालेको राष्ट्रवादी अडान र भूमिकाले आफूहरूलाई एमालेमा आउन आकर्षण गरेको बताउनुभयो ।