सिरहा,८ साउन । सिरहा उद्योग वाणिज्य संघमा अमरनाथ साहको प्यानल नै निर्वाचित भएको छ । शनिवार राति सम्पन्न मतपरिणाम अनुसार अध्यक्षमा साह ५३ मतले निर्वाचित हुनुभएको हो ।

साहले ५४१ मत ल्याउँदा उहाँका निकटम प्रतिस्पर्धी महेन्द्र प्रसाद यादवले ४८८ मत पाउनु भएको छ । प्रथम उपाध्यक्षमा प्रकाश कुमार जैन ५५० मत ल्याएर निर्वाचित हुनुभएको छ भने निकटम प्रतिस्पर्धी लालबाबु साहले ४९१ मत प्राप्त गर्नुभएको छ । यस्तै द्धितिय उपाध्यक्षमा मो. सेख ईमराइनले ५३६ मत ल्याएर विजयी हुँदा निकटम प्रतिस्पर्धी नागेश्वर साह ५ सय मत पाउनु भयो ।

महासचिवमा सत्यनारायण महतो ५४५ मत पाएर विजयी हुँदा निकटम प्रतिस्पर्धी सरोज कुमार महतो ५०४ मत ल्याउनु भयो । सचिवमा श्रवण यादवले ५७९ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटम प्रतिस्पर्धी ब्रह्मदेव साह मात्र ४७९ मत पाउनु भयो । यस्तै कोषाध्यक्षमा मिथिलेश यादव ५६६ मत ल्याएर विजयी हुँदा निकटम प्रतिस्पर्धी मुरलीकान्त सिंह ४९६ मत पाएउनु भएको छ ।

सदस्यहरूमा सोनु कुमार महरा ९५७२०, निराजन कुमार यादव ९५६६०, विजय कुमार साह ९५६६०, राजेश कुमार महासेठ ९५६४०, शितल प्रसाद यादव ९५६३०, राकेश कुमार यादव ९५६३०, गंगाराम यादव ९५५७०, हरेराम कामती ९५४५० र महिला सदस्यमा सलिता कुमारी यादव ९५६६० विजयी भएको प्रमुख निर्वाचन अधिकृत अधिवत्ता बिरेन्द्र सिंहले जानकारी दिनुभयो ।

निर्वाचित साहको प्यानललाई सिरहाका मेयर एवं नेकपा एमालेका नेता डा. नविन यादवको समर्थन रहेको थियो । पराजित व्यहोरेका यादव प्यानललाई नेपाली काँग्रेसकी पूर्व कोषाध्यक्ष सितादेवी यादव र नेकपा एकिकृत समाजवादीका मधेस प्रदेशका प्रदेशसभा मामिला मन्त्री प्रमोद यादवको समर्थन थियो ।