विराटचोक,८साउन । मोरङको सुन्दरहरैंचा नगरपालिकामा नेकपा एकीकृत समाजवादीका नेता-कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका मोरङ जिल्ला कमिटी सदस्य तथा सुन्दरहरैंचा नगर उपसचिव कमल खनालको नेतृत्वमा ९ जना एमालेमा प्रवेश गरेका हुन् ।

त्यसैगरी प्रवेश गर्नेहरुमा २ नम्बर वडा इन्चार्ज खगेन्द्र धिमाल वडा सचिव सुर्य खवास ७ नम्बर वडा कमिटी उपाध्यक्ष कृष्ण निरौला,१० नम्बर वडा कमिटी उपसचिव नारायण सुबेदी,टोल कमिटी उपाध्यक्ष युवराज खडका,सचिव डम्बर बहादुर कार्की ४ र ५ नम्बर वडाबाट पार्टी सदस्यहरु सुभम महतो,निर्दोष साह रहेका छन ।

es 1

बुधबार नेकपा एमाले सुन्दरहरैंचा नगर सचिवालय बैठकको अवस्वर पारेर उनीहरु प्रवेश गरेको पार्टी नगर अध्यक्ष मातृकाप्रसाद ढकालले जानकारी दिए । नवप्रवेशीहरुलाई नेकपा एमाले १ नम्बर प्रदेश कमिटी सदस्य तथा सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले स्वागत गरेका थिए । 

सुन्दरहरैंचा ३ स्थित गछियाको लक्ष्मीनारायण मन्दिरमा बसेको बैठकमा नेकपा एमाले प्रदेश कमिटि उपसचिव तथा नगरपालिकाकी पुर्वउपप्रमुख धनादेबी तामाङको प्रमख आतिथ्यता र प्रदेश कमिटी सचिवालय सदस्य हरि घिमिरे,प्रदेश कमिटी सदस्यहरु पितकुमार श्रेष्ठ,अर्जुनराज अधिकारी,पार्टी केन्द्रिय विभाग सदस्य बद्री अर्याल, पार्टी प्रदेश कमिटी सल्हाकार सदस्यहरु वासुदेव थापा, देवेन्द्र मास्के, डिल्ली प्रसाद घिमिरे,नगरपालिकाकी उपप्रमुख अकली चौधरी पार्टी मोरङ जिल्ला कमिटी सचिवालय सदस्य सन्तोष वान्तवा लगायत सदस्यहरु लगायतको आतिथ्यता रहेको थियो I

es 2

पार्टी नगर अध्यक्ष मातृकाप्रसाद ढकालको अध्यक्षतामा भएको बैठकलाई नगर सचिव सन्तोष घिमिरेले संचालन गरेका थिए । फेरी केहि दिनमै एक सय भन्दा बढीको संख्यामा नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेशको तयारीमा रहेको कार्यक्रमबाट जानकारी प्राप्त भएको छ ।