सुन्दरहरैंचा,१४ साउन । सुन्दरहरैंचाका निवर्तमान मेयर शिवप्रसाद ढकालले नेपाली काङ्ग्रेस १ नंम्बर प्रदेश कमिटिको जिम्मेवारी पाएका छन् ।

ढकाललाई चैत २१ गते प्रदेश कमिटिका सभापति उद्धव थापाले प्रदेश कमिटी सदस्य पदमा मनोनित गरेका थिए ।

नेपाली काङ्ग्रेस मोरङका पुर्व जिल्ला सहसचिव समेत रहेका ढकाल १४ औ महाधिवेशनमा जिल्ला कमिटिको सचिवमा पराजित भएका थिए ।

राजनीतिमा उच्च क्षमता राख्ने ढकाल पार्टी सभापति शेरबहादुर देउवा खेमा निकट मानिन्छन ।