काठमाडौं,१६ साउन । अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै काठमाडाैंमा प्रदर्शन गरिएकाे छ ।

पुन: अर्थमन्त्री नियुक्त हुनुभएका शर्माकाे राजीनामा माग गर्दै युथ कांग्रेसले काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि साेमबार प्रदर्शन गरेकाे हाे । शर्मामाथि छानबिन गर्न बनेकाे संसदीय विशेष छानबिन समिति एकपक्षिय भएकाे उनीहरुकाे ठहर छ ।

Screenshot (296)

प्रदर्शनमा सहभागी युवाले बिधिको शासन कायम गर, राजनीतिक अपराध बन्द गर, संसदीय छानबिन खारेज गर, अर्थमन्त्री राजीनामा दे, लगायत नारा लगाएका थिए ।

त्यसक्रममा प्रहरीले केही युवाहरुलाई पक्रेकाे छ । युवाहरु संसद् भवनको १ नम्बर गेट अगाडि पुग्ने बितिकै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Screenshot (297)