धरान,१७ साउन । नेकपा एमालेले धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङमाथि गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप लगाएको छ ।
एमालेको धरान कमिटीका अध्यक्ष हर्कजंग एडेङले मंगलबार विज्ञप्ति जारी गर्दै बराह बचत तथा ऋण सहकारी पीडितहरुबारे मेयर सम्पाङले दिएको अभिव्यक्तिप्रति आप्पत्ति जनाएका हुन् । एमालेको विज्ञप्तिमा भनिएको छ, ‘नगरप्रमुख हर्कराज राईका पछिल्ला गैरजिम्मेवार पूर्ण अभिव्यक्तिले जनप्रतिनिधि, नगर कार्यपालिका र सिंगो धरानबासीको गरिमा खस्किएको छ ।’
साथै मेयरको कार्यालय भएको तोडफोडकोे जिम्मेवार पनि स्थानीय सरकार प्रमुख भएको एमालेले बताएको छ । पीडितहरुले उठाएको विषयमा गैरजिम्मेवार अभिव्यक्तिका कारण घटना भएको भन्दै एमालेले भनेको छ, ‘घटनापश्चात पनि सामाजिक सञ्जालमार्फत पीडित जनतालाई धम्कीको भाषा प्रयोग गरिएपछि अवस्था झनै विथोलिएको छ ।’
बराह संघर्ष समितिका संयोजक खगेन्द्र नेपाललाई जोडेर पूर्व उपमेयर मञ्जु भण्डारी र सिंगो एमालेको बदनाम गर्न खोजेको एमालेको आरोप छ । मेयर राईकै अभिव्यक्तिकै कारण संघर्ष समितिका संयोजकलाई जातिगत आक्षेप लगाउदै जातीय सदभाव बिथोल्न खोजिएको समेत एमालेले बताएको छ ।
आफ्नो असक्षमता लुकाउन एमालेलाई दोष लगाउदै हर्क साम्पाङः एमाले
बराह बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताहरुले आफ्नो रकम फिर्ता नपाएपछि धरान उपमहानगरपालिकाको ढोका ढकढक्याउन पुग्दा मेयर हर्क साम्पाङले उल्टै पीडितलाई नै दोषी देखाएका छन् ।
आफुलाई सोधेर बचत गरेको हो र ? भन्ने प्रतिप्रश्न गरेपछि बराह पीडितहरु मेयर हर्क राज राई (साम्पाङ)सँग आक्रोसित भएका थिए । आक्रोशित भिडले उपमहानगरपालिकामा सामान्य तोडफोड समेत गरेको थियो । त्यसपश्चात मेयर राईले तोडफोड गरेको आरोपमा बराह सहकारी पीडित विरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी समेत दिएका छन् भने बारम्बार फेसबुक स्टाटस राख्दै पीडितलाई धम्कि समेत दिइरहेका छन् ।
आफुखुसी सहकारीमा नियम विपरीत पैसा राख्ने अनि नगर सरकारलाई हेपेर जथाभावी गालि गलौज गर्ने, अधिकृत स्तरका कर्मचारीहरुलाई दिनदिनै थर्काउने र कार्यालय तोडफोड गर्नेहरु, पख ! याे उनले फेसबुकमा राखेकाे स्टाटस हाे ।

मेयर साम्पाङले विषयान्तर गर्नकैलागी नेकपा एमालेलाई समेत मुछेपछि एमालेले आज प्रेस विज्ञप्ती जारी गरेको छ । नेकपा एमाले धरान उपमहानगर अध्यक्ष हर्कजंग एभेङद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती मार्फत बराह पीडितका विषयमा एमालेको ध्यानाकर्षण भएको जनाइएको छ । विज्ञप्तीमा ‘पीडितहरुको समस्या पहिचान र निदान गर्नुको साटो आफ्नो असक्षमता लुकाउन नगर्न नगराउन’ सचेत गराइएको छ ।
धरान लेउती सुरुङ मार्गको लबिङ गर्दै सांसद, विरोध गर्दै मेयर
‘नगर प्रमुखले बराह पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीलाई जोडेर नेकपा एमालेकी केन्द्रीय सदस्य एवं सुनसरी सह इन्चार्ज तथा पूर्व उपमेयर मञ्जु भण्डारी र सिंगो नेकपा एमालेलाई बदनाम गराउन खोजेको’ भन्दै एमालेले विज्ञप्ती मार्फत भत्र्सना र खेद प्रकट गरेको छ ।
विज्ञप्तीमा भनिएको छ –‘नगर प्रमुख हर्कराज राईका पछिल्ला गैर जिम्मेवारीपूर्ण अभिव्यक्तिले जनप्रतिनिधी, नगर कार्यपालिका र सिंगो धरानबासीको गरिमा खस्किएको छ । नगर प्रमुखको हैसियतमा दलिय व्यवस्था, संघियता र जातिय विद्वेश फैलाउने कार्य निन्दनिय र अबिलम्ब सच्चिन जरुरी छ ।’




















