काठमाडौं,१९ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा नायिका रेखा थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकदमै मनपर्ने नेता भएको बताउनु भएको छ । केपी ओली दिमागले युवा र राष्ट्रप्रेमी भएको कारण आफुलाई एकदमै मनपर्ने भन्दै थापाले खुलेर प्रशंसा गर्नुभएको छ ।
राजनीतिमा उमेर युवा भन्दा दिमागचाँहि युवाको जस्तो हुनुपर्ने र केपी शर्मा ओलीको दिमागमा युवापन रहेको थापको निश्कर्ष छ । ओलीले मृत्युलाई जितेर आएको र उहाँ ‘एनर्जेटिक’ समेत रहेको थापाले बताउनु भएको छ ।
एक टेलिभिजन अन्तर्वार्तामा पत्रकार प्रकाश गिरीसँगको अन्तर्वार्तामा केपी ओली मन पर्नुको कारण खोल्दै थापाले भन्नुभएको छ, ‘‘हि इज भरि जल्ली, म त एकदम युथ जस्तो लाग्छ उहाँ, युथ के, युवा नेता क्या, म के भन्न चाहन्छु भने म उमेरमा जान्न, ८० वर्षको उमेर भएपनि पोल्टिसियनको दिमाग चै जवान हुनुपर्छ । म ३० वर्षको हुँला, मेरो दिमाग चाँहि ७० वर्षको भयो भने काम गर्यो ? भनेको मान्छेको दिमागचाँहि जवान हुनुपर्छ ।’
केपी ओलीबारे यस्तो छ रेखाको धारणा
‘हि इज भरि जल्ली, म त एकदम युथ जस्तो लाग्छ उहाँ, युथ के, युवा नेता क्या, म के भन्न चाहन्छु भने म उमेरमा जान्न, ८० वर्षको उमेर भएपनि पोल्टिसियनको दिमाग चै जवान हुनुपर्छ । म ३० वर्षको हुँला, मेरो दिमाग चाँहि ७० वर्षको भयो भने काम गर्यो ? भनेको मान्छेको दिमागचाँहि जवान हुनुपर्छ । ‘इस्पेसल्ली पोलिटिसियन’हरुको । केपी शर्मा ओलीको दिमाग युवापन छ, छोडिदिनुस उहाँको नम्बर तर ‘हि इज भेरि एनर्जेटिक’ एउटा मृत्युलाई जितेको मान्छे । र मैले के देख्छु भने केपी शर्मा ओलीमा चाँहि राष्ट्रिय भावना छ, राष्ट्रप्रेमी हो । बाहिर जस्ले जे हल्ला गरेपनि यति मैले भन्नैपर्छ । नभा म जुन हामी पथमा हिडिराको छौँ, उहाँहरुकै पथमा त हिडिराको छौं नि, यो देशका शिर्ष नेताहरु उहाँहरु नै हो होइन ? पोल्टिसियन बन्न चाहन्छौं भनेपछि कलाई हेरिराको छौं ? भन्दा उहाँहरुलाई हेरिराको छौं नि हामीले । अथवा अर्को ‘जेनेरेसन’ त अकै छैन भन्ने हो भने होइन ? देखिन्छ फ्याट फुट्ट बिचरा उहाँहरु पनि झगडै त गरिराख्नु भाको छ, हाम्रो र उहाँहरुको उस्तै त भयो होइन ? तर मलाई केपी शर्मा ओली एकदमै राम्रो लाग्छ ।



















