काठमाडौं,२० साउन । सत्तारुढ पाँच दलीय गठबन्धनबाट डा. बाबुराम भट्टराई, महन्थ ठाकुर र बामदेव गौतमको दल आउट भएको छ । आज बसेको पाँद दलीय गठबन्धनले मिलेर जाने निर्णयसहित कार्यदल बनाएपछि गठबन्धनमै मरिमेटेर लाग्नुभएका तीन नेताको दल आउट भएको हो ।

पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बामदेव गौतमसहित समाजवादी केन्द्र बनाउने अभियान चलाउनु भएको थियो । तात्कालिन नेकपा फुटाउन साथ दिएको कारण बामदेव च्याप्नुभएका प्रचण्डले कांग्रेसले साथ लिएर हिडने बताउन साथ बामदेवमाथि लात हान्नुभएको हो ।

जसपाबाट फुटेर नयाँ दल गठन गर्नुभएका डा. बाबुराम भट्टराई र नेकपा एकता अभियानका संयोजक बामदेव गौतमलाई गठबन्धनमा सहभागी नगराउने निर्णय आजको बैठकले गरेको हो । यस्तै महन्थ ठाकुर नेतृत्वको लोसपालाई पनि गठबन्धनबाट बाहिर पारिएको छ ।

बैठकले पाँच दलभित्रको गठबन्धनलाई निरन्तरता दिने भनेपछि अन्य पार्टीलाई सहभागी गराउने च्याप्टर क्लोज भएको हो ।