काठमाडौं,२० साउन । जनता समाजवादी पार्टीका दुई जना केन्द्रीय सदस्य र एक जना प्रदेश कमिटी सदस्य चुनाव घोषणा भए लगत्तै नेकपा एमालेमा प्रवेश गरेका छन् ।
संविधानसभा सदस्य समेत रहिसकेका बर्दियाका मोहम्मद कासिम अली र पर्साकी आशा चतुर्वेदी एमालेमा प्रवेश गरेका छन् ।
यस्तै जसपा प्रदेश कमिटी सदस्य स्वेता श्रीवास्तव पनि पार्टी प्रवेश गरेकी छन् ।
शुक्रवार साँझ अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेर जसपाका तीन नेताले एमालेको सदस्यता लिएका हुन् ।
तीनै जनालाई अध्यक्ष ओलीले एमालेमा स्वागत गरे ।



















