काठमाडौं,४ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीहरूको नाम प्रस्ताव गरेका छन्। पार्टी कार्यालय, पेरिसडाँडामा बसिरहेको स्थायी कमिटी बैठकमा उनले पदाधिकारीहरुको नाम प्रस्ताव गरेका हुन्। जसअनुसार महासचिवमा देव गुरुङ छन्।
महासचिवमा प्रमुख दाबेदारी प्रस्तुत गर्दै आएका नेताहरु वर्षमान पुन र जनार्दन शर्मालाई पछि पार्दै गुरुङ महासचिवमा चयन हुने भएका हुन्। दुई नेतालाई उपमहासचिवमा बस्न राजी गराएर प्रचण्डले नयाँ विकल्पको रुपमा गुरुङलाई महासचिव बनाउने गरी बैठकमा प्रस्ताव लगेका छन्। वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा छन भने उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादव छन्।
यस्तै दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्कीलाई सचिव प्रस्ताव गरिएको छ। कोषाध्यक्षमा श्रीराम ढकालको नाम प्रस्ताव भएको गरिएको छ। स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी छ।



















