- भगवती अर्याल
विराटचोक,४ भदौ । नजिकिदै गरेको महिलाहरुको पर्व हरितालिका तीजको अवसर पारेर नेकपा एमाले निकट अखिल नेपाल महिला संघले "नेतृत्व विकास तथा तीज विशेष सांस्कृतिक कार्यक्रम" गर्ने भएको छ ।
अनेमसंघ सुन्दरहरैँचा नगर कमिटीको आयोजनामा भाद्र ५ गते आइतबार "नेतृत्व विकास तथा तीज विशेष सांस्कृतिक कार्यक्रम" हुने भएको हो । सुन्दरहरैँचाको ३ नम्बर वडा स्थित लक्ष्मीनारायण मन्दिरको प्राङ्गणमा बिहान ११ बजे देखी कार्यक्रम सुरु हुने अनेमसंघ नगर कमिटी अध्यक्ष कविता शर्माले जानकारी दिईन ।
कार्यक्रममा शोभा बढाइदिन पार्टीका नेता तथा कार्यकर्ता, जनप्रतिनिधिहरु,विभिन्न जनवर्गीय संगठनका नेता- कार्यकर्ता १२ वटै वडाका पार्टीका सुभचिन्तकहरु लगायत सम्पूर्णमा अनेमसंघ सुन्दरहरैँचा नगर कमिटीले निमन्त्रणा गरेको छ ।



















