काठमाडौं,६ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री दानबहादुरचौधरी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

उपेन्द्र यादव नेतृत्वको जसपाबाट विद्रोह गरेर नेपाल समाजवादी पार्टीको संस्थापकउपाध्यक्ष बन्नुभएका चौधरी आज सो पार्टीको काम छैन भन्ने निष्कर्षसहित एमाले प्रवेश गर्नुभएको हो ।

चौधरीलाई एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौधरीसहितनेसपाका लुम्बिनीका नेताहरू पार्टीमा स्वागत गर्नुभयो ।

२०५६ सालमा एमालेबाट कपिलवस्तु २ को सांसद निर्वाचित चौधरी मधेस आन्दोलनसँगै तराई मधेश लोकतान्त्रिक पार्टीमा आबद्ध भएरचुनाव लडनुभएको थियो । उहाँ यसबीचमा महिला बालबालिका तथा समाज कल्याण मन्त्री बन्नुभयो ।

चौधरी १५ वर्षपछि पुनः एमालेमा फर्किनुभएको हो । चौधरीसंगै दाङको बंगलाचुली गाउँपालिकाका पूर्व उपाध्यक्ष यमुना थापा मगर पनिमाओवादी त्यागेर एमालेमा प्रवेश गर्नुभयो ।

नेपाल समाजवादी पार्टीले काठमाडौंको तीनकुने सुविधानगरमा पार्टी कार्यालय सञ्चालनमा ल्याएको छ ।

अध्यक्ष बाबुराम भट्टराईले कार्यालय परिसरमा खिचेको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएकोछ । भट्टराईंका स्वकीय सचिव रोशन पोखरेलका अनुसार पार्टी कार्यालय स्थापना भएको केही दिन भइसकेको छ ।

नेकपा माओवादी केन्द्रसित चुनावपछि पार्टी एकता समेत गर्ने सहमति गरेको समाजवादी पार्टीले ५ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा माओवादीकै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्नेछ ।

भट्टराईले पार्टी कार्यालय पनि माओवादी केन्द्रको पार्टी कार्यालय नजिकै स्पथापना गर्नुभएको छ । माओवादी र समाजवादी पार्टीको कार्यालयबीचको दूरी करिब ५०० मिटर छ ।