काठमाडौं,१० भदौ । सत्तारुढ नेपाली कांग्रेसका एक बरिष्ठ नेताले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भ्रष्टाचार मुद्धामा जोगाउनकै लागि सत्तारुढ गठबन्धन बनेको खुलासा गरेका छन । संबिधानको रक्षाका लागि गठबन्धन बनाइएको भन्दै चर्काे स्वरमा माधवले बोलिरहेको बेला कांग्रेस नेता एवै पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले यस्तो सनसनीखेज खुलासा गरेका हुन् ।

चर्चित पत्रकार बिजयकुमार पाण्डेसँगको अन्तवार्तामा कांग्रेस नेता रिजालले माधव नेपालले बालुवाटार जग्गा प्रकरणमा गल्ती गरेको कारण जेलमा जाने अवस्था आएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले जोगाउनै पर्यो भन्दै केपी शर्मा ओलीको बिरुद्धमा गठबन्धनको नेतृत्व गरेको बताए ।

हामीले पटक पटक ओलीजीलाई हटाएर अगाडि बढनु पर्छ भनेको थियौं, तर हाम्रो सभापति शेरबहादुर देउवा तयार हुनुभएको थिएन । एउटा बिन्दु आयो, यो बाहिर सार्वजनिक भएको छैन,

मैले भन्नैपर्छ, बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल जेल जाने बिन्दुमा पुगेपछि उहाँलाई जोगाउनका लागि ओलीको बिकल्पको गठबन्धन बनाउन उहाँ तयार हुनुभएको हो ।