काठमाण्डौ १० भदौ । नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले आगामी चुनावमा एमाले एक्लै भिड्ने बताएका छन । अनलाइन सगरमाथा संग कुरा गदै उनले यस्तो बताएका हुन ।
उनले एमाले कमजोर पार्टी नभएकोले एक्लै चुनावमा भिडन तयार भएको बताए । सत्तागठबन्धन चुनावमा मिलेर गए पनि आगामी निर्वाचनमा एमालेको नै बहुमत आउने उनले दाबी गरे । उनले भने, ”एमाले कमजोर छैन, बरु कांग्रेस , माओवादी केन्द्र, एकिकृत समाजवादी, जसपा कमजोर छन, त्यसैले चुनाव हार्ने डरले गठबन्धन बचाइरहेका छन ।”
गठबन्धनको राजनीतिले मुलुकमा अस्थिरता निम्तिने खतरा भएको भन्दै सबै सजक हुनु पर्ने उनले बताए । गठबन्धनको सरकारले देशमा केही गर्न नसकेको र यो सरकार नालायक भएको उनले बताए । उनले आगामी चुनावमा गठबन्धनलाई पत्तासाप गर्न एमालेले गम्भिर तयारी गर्न थालेको उनले बताए ।
आगामी चुनावमा एमालेले हाम्रा भन्दा राम्रा उम्मेदवार उठाउने उनले बताए । आगामी चुनावमा जनताले एमालेलाई बहुमत दिन्छन र त्यो बहुमतको सरकारले देशमा बिकासर समृद्धि गर्ने उनले बताए ।



















