काठमाडाैं,१५ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशैभर एमाले प्रवेशकाे लहर चलिरहेकाे बताउनुभएकाे छ । कञ्चनपुरमा बुधबार आयाेजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले देशैभर एमाले प्रवेशकाे लहर चलिरहेकाे बताउनुभयाे । आज मात्रै कञ्चनपुरमा मात्र नभएर सिन्धुली लगायत जिल्ला बृहत् पार्टी प्रवेश कार्यक्रम चलिरहेकाे उहाँले बताउनुभयाे ।
अध्यक्ष ओलीले भन्नुभयाे - 'देशैभर एमाले प्रवेश गर्नेकाे लहर चलेकाे छ, एमाले सरकारमा छैन र पनि मन्त्री सांसद् सबै पद छाडेर एमालेमै फर्कने लहर चलेकाे छ, एमाले प्रवेश गर्ने सबैलाई म सलाम भन्न चाहान्छु ।'
महासचिव शंकर पाेखरेल सयाैं नेतालाई एमालेमा स्वागत गर्न सिन्धुली जानुभएकाे जानकारी दिँदै अध्यक्ष ओलीले भाेलि आफू गृह जिल्ला झापा सहित माेरङ लगायत जिल्लामा जाने कार्यक्रम रहेकाे बताउनुभयाे । देश बनाउने पार्टी र राष्ट्रियता जाेगाउने पार्टी एमाले मात्रै हाे भनेर बाटाे बिराएकाहरु घर फर्कने र अन्य पार्टीबाट पनि एमाले प्रवेश गर्ने लहर चलेकाे उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'साँच्चैकाे जागरण र जनलहर आएकाे छ, नेताहरु गठबन्धनमा जनताहरु एमालेमा भइरहेकाे छ ।'
अहिलेकाे गठबन्धनबाट जनता दिक्क भइसकेका भन्दै उहाँले विकासका लागि नभएर भ्रष्टाचारमा देशलाई लैजान अहिलेकाे गठबन्धन बनेकाे बताउनुभयाे । अहिलेकाे गठबन्धन विकास विरुद्ध, प्रगति विरुद्ध, राष्ट्रियताकाे सम्बर्द्धन विरुद्ध बनेकाे बताउँदै अध्यक्ष ओलीले भन्नुभयाे - 'अरु कसैले टाउका जाेडिदिएकाे गठबन्धन हाे,यिनीहरु आफैं जुटेका पनि हाेइनन्,फुट्ने तागत पनि यिनीहरुसँग छैन ।'
राष्ट्रिय गाैरवलाई माथि उठाउने,लाेकतान्त्रिक आचरण र अभ्यास गर्ने, देशमा शान्ति सुव्यवस्था स्थिरता र स्थायित्व कायम गर्न,समृद्ध नेपाल सुखी नेपालीकाे राष्ट्रिय आकांक्षा पूरा गर्ने पार्टी एमाले नै रहेछ भनेर एमाले प्रवेश गर्ने सबैलाई उहाँले पार्टीमा स्वागत गर्नुभयाे ।
गठबन्धनलाई हराउन एमाले दृढ संकल्पित रहेकाे उहाँले बताउनुभयाे । देशलाई अगाडि बढाउन,विकासका काम गर्न राष्ट्रियताकाे रक्षा गर्न एमालेकाे सरकार आवश्यक रहेकाे अध्यक्ष ओलीले बताउनुभयाे । एमालेकाे मुख्य उद्देश्य देश बनाउने रहेकाे अध्यक्ष ओलीले बताउनुभयाे ।
एमालेलाई केन्द्रभागमा राखेर काम गर्न उहाँले नेता-कार्यकर्तालाई निर्देशन दिनुभयाे । एमालेले जिते देशले जित्ने र गठबन्धनले जिते देशले हार्ने भन्दै अध्यक्ष ओलीले एमालेलाई जिताउन सबैमा आव्हान गर्नुभयाे । 'देशलाई जिताउन सूर्य चिन्हमा मतदान गराैं'-उहाँकाे अनुराेध छ ।



















