बेलबारी,१६ भदौ । मोरङ ३ (ख) मा नेपाली काँग्रेसका तर्फबाट प्रदेश सांसदका लागि बेलबारीका राजकुमार लिम्बुको उम्मेदवारी निश्चित भएपछि कार्यकर्ताहरु उत्साहित भएका छन ।
बेलबारीका सामाजिक,राजनीतिक तथा बौद्धिक ब्यत्तित्वको छबि बनाएका लिम्बु अहिले सम्म कुनै विवादमा नमुछिएका र निष्कलंक नेताका रुपमा परिचित रहेका छन । उनले बेलबारीको बिकासका लागि तन,मन र धन सबै खर्चिएका छन ।
उनले बिगत १४ बर्षदेखि बेलबारी बहुमुखी क्याम्पसमा निशुल्क प्राध्यापन समेत गरिरहेका छन ।
बेलबारी काँग्रेसमा स्वच्छ छवि र आर्कषणको केन्द्र रहेका लिम्बुको उम्मेदवारीले धेरैलाई हर्षित बनाएको छ । लिम्बुजस्ता निष्ठावान नेताले टिकट पाउनु भनेको उहाँको समेत सम्मान भएको कार्यकर्ताहरु बताउँछन । २०७४ सालको स्थानीय निर्बाचन बेलबारीको मेयरका लागि उमेदवारी दिएका उनी पार्टीभित्रकै अन्र्तघातका कारण झिनो मतले पराजित भए ।
२०७९ को स्थानीय निर्बाचनमा उनले नै मेयकरो टिकट पाउँछन भन्नेमा कार्यकर्ता ढुक्क् थिए तरपनि पार्टीले उनलाई टिकट नदिएपछि नेता कार्यकर्ता नै निराश बनेका थिए । प्रदेश साँसदका लागि भने लिम्बुको टिकट लगभग निश्चित जस्तै भएको छ । सोही क्षेत्रमा गठबन्धन नभएमा लिम्बुको टिकट लगभग निश्चित भएको पार्टी स्रोतले जानकारी दिएको छ ।



















