काठमाडौं,१६ भदौ । नेकपा एमाले कैलाली जिल्ला अध्यक्ष तथा प्रदेश सांसद रतन थापा पार्टी परित्याग गरेका छन् । उनले एमाले परित्याग गरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् ।
थापासहित पूर्वसांसद हिमाञ्चल भट्टराई र कैया चौधरीसहितका एमाले नेता कार्यकर्ता एमाले परित्याग गर्दै नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् ।
उन्मुक्ती पार्टीले बिहीबार काठमाडौमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई उन्मुक्ती पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी प्रवेश गराएकी छन् ।



















