- नवराज दाहाल
सुन्दरहरैचा,१८ भदौ । मोरङको निर्वाचन क्षेत्र नं ३ ‘क’ बाट नेकपा एमालेले प्रदेश १ को सांसद पदका लागि समानुपातिक र प्रत्यक्ष तर्फका सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको गरेको छ । आज सुन्दरहरैचाको विराटचौक स्थित उधोग वाणिज्य संघको सभाहलमा बसेको प्रदेश ‘क’ कमिटिको बैठकबाट मोरङ जिल्ला कमिटिमा नाम सिफारिस गरेको हो।
बैठकबाट प्रत्यक्ष तर्फबाट १३ जना र समानुपातिक तर्फका २० जनाको नाम सिफारिस गरिएको क्षेत्र नं ३’क” का सचिव राम लुइटेलले बताए ।
प्रत्यक्ष तर्फमा बेलबारी नगरपालीकाका निबर्तमान मेयर तथा नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य ज्ञानेन्द्रप्रसाद सुवेदी, प्रदेश कमिटी सदस्य एवम प्रदेश सभाका बहालवाला सांसदका साथै पुर्व राज्यमन्त्री राजकुमार ओझा डाँगीहाट गाबिसका पुर्व अध्यक्ष तथा प्रदेश कमिटी सदस्य राजकुमार बस्नेत प्रदेश कमिटी सदस्यहरु शुरेन्द्र थापा,संजिव रोकाहा,सुदन चौहान पार्टी केन्द्रिय विभाग सदस्य तथा सुकुना बहुमुखी क्याम्पसका पुर्व स्ववियु सभापती बद्री अर्याल,सुन्दरहरैँचा नगर कार्यपालिकाका पुर्व सदस्य तथा नेकपा एमाले मोरङका नेता भक्तकिरण राई, बेलबारी नगर कमिटी अध्यक्ष इरन राई,पार्टीका स्थानीय नेताहरु लिला आचार्य,सुजय गौतम,सुजित बस्नेत, तारादेवी शाक्य रहेका छन् ।
त्यसैगरी समानुपातिक तर्फमा नेकपा एमाले प्रदेश कमिटी उपसचिव तथा सुन्दरहरैँचा नगरपालिकाकी निबर्तमान कार्यवाहक मेयर धनादेवी तामाङ,अनेमसंघ मोरङकी अध्यक्ष टिका चापागाई भट्टराई ,पार्टी जिल्ला सदस्य उमा गुरुङ,भूमिगतकालदेखीका कम्युनिष्ट पार्टीका नेता पुर्णप्रसाद ढकाल, बीरेन्द्र श्रेष्ठ,बासुदेव थापा,गणेशबहादुर तामाङ,सीता तामाङ,बालिका पौडेल,गीतादेवी शिवा, नरेन्द्र बराल,सन्तोष बान्तवा ,निशाकिरण चाम्लिङ्ग,उमा गुरुङ,आनन्द मोते,धिरोज श्रेष्ठ ,घनश्याम गौतम,रत्नादेवी गुरुङ मधु ,लगायत सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको गरेको छ ।
एमालेले मोरङ क्षेत्र ३ बाट प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक र प्रत्यक्ष तर्फका सम्भावित उम्मेदवारको नाम भदौ १९ गते मोरङको बेलबारीमा बस्ने क्षेत्रीय निर्वाचन परिचालन कमिटीको बैठकबाट तय गरिने क्षेत्रीय कमिटी अध्यक्ष भोलाप्रसाद अधिकारीले जानकारी दिए ।



















