विराटनगर,१८ भदौ । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदको लागि नेकपा एमालेबाट उम्मेदवार हुने चर्चामा रहेका स्थायी कमिटी सदस्य गुरु बराल मोरङ ६ को प्रदेश निर्वाचन (क) बाट प्रदेशसभा सदस्यमा सिफारिस भएका छन् ।

बराल  प्रदेशसभा सदस्यमा सिफारिस भए संगै  प्रदेश नम्बर १ को मुख्यमन्त्रीको दावेदारीको रुपमा अगाडी बढाइएको आकलन गरिएको छ । शनिबार मोरङका सबै प्रदेश निर्वाचन क्षेत्रहरुमा उम्मेदवार सिफारिस गर्ने कार्यक्रम अन्तरगत उनको नाम सिफारिस गरिएको हो ।

Screenshot (510)

बरालसँगै सो निर्वाचन क्षेत्रबाट ११ जनाको नाम सिफारिस गरिएको छ । मोरङ ६ (क)बाट बरालसहित सत्यनारायण चौधरी, युवराज बराल, नागेश पोखरेल, ज्ञानेन्द्र ओझा, लक्ष्मी फुयाँल,मिरा भगत, रिता न्यौपाने, हर्क परियार र राजीव गौतमको नाम सिफारिस भएको छ ।

त्यसैगरी समानुपातिक तर्फ सरस्वती भण्डारी (तिलरुपा ) पुष्पा तामाङ्ग,नवराज बिष्ट ,मनोज मगर,नारायणी भण्डारी ,मक्कर बहादुर बुढाथोकी ,वैजु बिश्वाश,सुनिता कार्कीको नाम सिफारिस भएको छ । नेकपा एमालेका पुराना नेता तथा स्थायी कमिटी सदस्य गुरु बरालले आफ्नो नाम प्रदेशसभामा सिफारिस भए पनि यो विषयमा पार्टीभित्र छलफल हुने बताए ।

मोरङ ६ को प्रदेश निर्वाचन (क) अन्तर्गत साविक दुलारी र सुन्दरपुर गाबिसमा भूमिगतकालदेखीनै पार्टी निर्माणमा योगदान गरेका कारण बराललाई बिजयी हुन सहजहुने स्थानियहरुको भनाई रहेको छ ।