धनकुटा,२० भदौ । नेकपा एकिकृत समजवादीका १ नम्बर प्रदेश कमिटी सदस्य सुरेन्द्र पौडेल सहित नेताहरु नेकपा एमालेमै फर्किएका छन् । धनकुटाको सिरवानी स्थित नेकपा एमालेको पार्टी कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रम को अवसर पारेर नेता कार्यकर्ताहरु एमालेमै फर्किएका हुन् ।

नेता पौडेल सहित नेकपा (एस) का धनकुटा जिल्ला कमिटी सचिवालय सदस्यद्वय सोवित निरौला 'सावित्रा घिमिरे जिल्ला कमिटी सदस्यद्वय वेदबहादुर बस्नेत,तेजबहादुर थापा लगायत रहेका छन् । नव प्रवेशीहरुलाई नेकपा एमालेका केन्द्रिय सदस्यहरु राजेन्द्र राई,शकुन्तला बस्नेत जिल्ला अध्यक्ष इन्द्रमणी पराजुली सहितका नेताहरुले स्वागत गरेका थिए ।
नेता माधवकुमार नेपालले नेकपा एमाले फुटाएर नेकपा (एस) गठन गर्दा उनीहरु त्यतै गएका थिए । नेता पौडेल यस अघि नेकपा एमाले धनकुटाको सचिव थिए । आफु सहित ५८ जना नेता कार्यकर्ताहरु एमालेमै फर्किएको नेता पौडेलले जानकारी दिए ।

यतिखेर देश भरीबाटै एमालेमै फर्किने लहर चलेको छ । हालसम्म ५० प्रतिशत भन्दा बढी नेता कार्यकर्ता एमालेमै फर्कि सकेको र चुनाव सम्म नेकपा (एस) का शिर्षनेताहरु वाहेक सवैजसो नेता कार्यकर्ताहरु एमालेमै फर्किसक्ने अनुमान गरीएको एक नेताले बताए ।



















