बिर्तामोड,२१ भदौ । झापाको सबैभन्दा ठुलो क्याम्पस मेची बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुको कमिटी गठन भएको छ । मगलबार भएको ऐतिहासिक ३४ औं सम्मेलनबाट पवन धमलाको अध्यक्षतामा ४९ सदस्यीय कमिटी गठन भएको हो ।

त्यसैगरी कमिटीको उपाध्यक्षहरुमा . विशाल गिरी,सुदिप लिम्बू सचिवमा सौरभ तिम्सिना सह-सचिवहरुमा शिशिर उप्रेती, आयुषा घिमिरे, आशिष खरेल, पवन अधिकारी कोषाध्यक्षमा अनुषा भण्डारी लगायत सदस्यहरु चयन भएका छन ।
सम्पूर्ण नवनिर्वाचित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले १ नम्बर प्रदेश कमिटी सदस्य तथा प्रदेश सांसद बसन्त बानियाले बधाई तथा सफल कार्यकालको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले झापा जिल्ला कमिटीका उपसचिव असारु राजबंशी बिशिष्ठ आतिथ्यता रहेको थियो भने अनेरास्ववियु स्थायी कमिटी सदस्य निता घतानी केन्द्रिय कमिटी सचिवालय सदस्य समर्पण खतिवडा केन्द्रिय केन्द्रिय कमिटी सदस्य कमल पौडेल प्रदेश कमिटी सह-संयोजक दुर्गा धमला झापा जिल्ला कमिटी अध्यक्ष रोशन लामा,उपाध्यक्षहरु बलराम गिरी र लक्ष्मी गौली लगायतको आतिथ्यता रहेको थियो ।
क्याम्पस कमिटीको निवर्तमान अध्यक्ष अशोक खतिवडाको अध्यक्षता भएको कार्यक्रमलाई जिल्ला कमिटीका सदस्य अरुण तिम्सिनाले संचालन गरेका थिए ।




















