काठमाडौं,२४ भदौ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विकास कसरी गर्नुपर्छ भन्ने कुरा आफुबाट सिक्नुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंको बुद्धनगरमा सामुदायिक भवन एवं सुवर्ण पार्क उद्घाटन गर्दै नेता सिंहले मुलुकको विकासका सपना पूरा आफुबाट विकास सिक्नुर्ने बताएका हुन् ।
मुलुकको विकासका सपना पूरा गर्न नारा नभएर काममा ध्यान दिनुपर्ने बताएका नेता सिंहले नारालाई काममा रुपान्तरण गर्न जनप्रतिनिधि र समुदायबीच सहकार्य हुनुपर्ने बताए ।
सिंहले राम्रा प्रतिनिधि चयन गर्दा त्यसको प्रतिफल कस्तो हुन्छ भन्ने उदाहरण काठमाडौं क्षेत्र नम्बर १ले देखाएको दावी गरेका उनले समुदायमा काम गर्दा पारदर्शी रूपले गर्नुपर्ने बताए ।



















