✍️ रामप्रसाद रिजाल 

नेपाल कम्युनिष्ठ पार्टी (एमाले) का १ नम्बर प्रदेश ईन्चार्ज देवराज घिमिरे आफैंमा सालिन, भद्र र इमान्दार नेतामा पर्छन् । कम बोल्ने र मिजासिलो स्वभावका उनी पार्टीका स्थायी कमिटी सदस्यसमेत रहेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र मानिने घिमिरे पार्टीको सातौं राष्ट्रिय महाधिवेशनबाटै ओलीलाई पार्टी अध्यक्ष बनाउनु पर्छ भन्ने धारमा उभिए । पार्टीको ९औ महाधिवेशन पछि घिमिरेले पार्टीको सचिवालयमा प्रमुखको रुपमा रहेर काम गर्ने अबसर पाए ।
वुवा स्व पद्यप्रसाद घिमिरे र आमा भीमकुमारी घिमिरेका ६ जना छोरा र ६ जना छोरी मध्ये उनी माईला सन्तान हुन् ।

उनको जन्म वि.स.२०१३ साल जेठ १३ गते ताप्लेजुङको सिकैंचा (हाल श्रीजंङ्घा गाउँपालिका) मा भएको थियो । कक्षा ६ मा अध्ययनरत रहँदादेखि नै विद्यार्थी जीवनबाटै राजनीति प्रारम्भ गरेका उनले लामो समयसम्म विद्यार्थी राजनीति गरे । धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट आईए सम्मको अध्ययन पूराा गरेका उनले त्रिचन्द्र कलेजमा बीएको पढाई शुरु गरेका थिए । तर, राजनीति जीवनमा पूर्ण रुपमा लागेका कारण उनको पढाई पूरा हुन सकेन । २०२९ सालमा झापाबाट शुरु भएको ‘झापा बिद्रोह’बाट प्रभाबित बनेका उनी रामनाथ दहाल र नेत्र घिमिरे लगाएत ५ जना शहिदहरूको शहादत पछि पार्टी भित्र झनै क्रान्तिकारी भएर निस्किए देवराज घिमिरे । झापा दमन पछि शुरु भएको ‘अविल प्रशारण’को लाईनबाट उनी स्थापित हुँदै गए । २०३२ सालमा पार्टी भित्र बनेको ‘कोअडिनेशन केन्द्र’को रेडगार्ड अर्गनाईजेशन (आरजीओ)मा आवद्ध हुँदै सक्रिय राजनीतिमा प्रवेश गरेका उनी २०३२ सालमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू) को साहित्य सचिव बनेका थिए ।

२०३३/०३४ सालमा ताप्लेजुङ्गमा पार्टीको संगठन निर्माणमा अहम भूमिका खेलेका उनले नेपाल राष्ट्रिय शिक्षक संगठनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । २०३६ सालमा हरि नेपाल र चन्द्र पुरीको संखुवासभामा हत्या भएपछि उनले भूमिगत जीवन बिताउनुपर्यो । हरि नेपाल को हत्यापछि सोही समयदेखि पार्टीले घिमिरेलाई थप जिम्बेवारी प्रदान गर्यो । जतिबेला उनले तेह्रथुम, संखुवासभा र पाँँचथर जिल्लामा संगठकको रुपमा काम गरे । पााँचथर जिल्ला कमिटी गठन पछि २०३९ सालबाट २०५० सालसम्म उनी इलाममा पार्टी प्रमुखको तथा मेची अञ्चल कमिटी को सदस्य समेत थिए । उनी २०४६ सालको मालेको चौथो राष्ट्रिय महाधिवेशन प्रतिनिधि भए । २०४९ को पाँचौं राष्ट्रिय महाधिवेशनबाट एमालेको केन्द्रीय कमिटी सदस्य बने ।

२०५४ सालदेखि २०६० सालसम्म राष्ट्रिय सभा सदस्य बनेका उनले पार्टीमा २०४८ सालदेखि २०५८ सालसम्म मेची इञ्चार्जको रुपमा काम गरे । २०५८ सालदेखि २०७५ सालसम्म पार्टीको विभागीय प्रमुख भएर सचिवालयमा काम गर्ने अवसर पाएका उनी २०७५ सालबाट प्रदेश १ को अध्यक्ष तथा २०७८ सालदेखि प्रदेश इञ्चार्जको रुपमा कार्यरत छन् ।

२०४२ जेठ २२ गते टिका देवी बस्नेतसंग वैवाहिक जीवनमाा बाधिएका उनका दुई सन्तान छन् । जेठा छोरा जीवन र बुहारी मेरिना अष्ट्रेलिया बस्छन् भने कान्छा छोरा पवन काठमाडौंमा रहेर आईटी अफिसरका रुपमा कार्यरत छन् । लम्जुङ्गकोबेसी सहर निवासी बस्नेतसंग भूमिगत विवाह गरेका घिमिरेको राजनीतिक जीवनमा टिकादेवी सारथी बनेकी छिन । २०४० सालको फागुन देखि २०४२ साल सम्म लम्जुङ को पार्टी जिल्ला कमिटीको सदस्य र अनेमसंघ को जिल्ला सचिव भएर काम गरेकी टिकादेवि बस्नेतलाई राजनीतिका विषयमा राम्रो ज्ञान छ ।

२०४६ सालमा झापामा भएको आन्दोलनका क्रममा टिकादेवी गिरफ्तार हुँदै जेल जीवन समेत बिताएकी छिन् । अढाई बर्षको नाबालक छोरा सहित जेल बसेकी उनी त्यसबेला अनेम संघको झापा जिल्ला कमिटी सचिव थिइन् । त्यो समयमा उनीसंगै आन्दोलमा सक्रिय भएका १२ जना महिलाले एक महिनासम्म जेल जीवन बिताएका थिए ।

२०४७ सालबाट पार्टीको झापा जिल्ला कमिटी सदस्य हुँदै उनी अनारमनी गाविस को पार्टी सचिव पनि भएकी थिईन । श्रीमानकाो राजनीति यात्रामा टिकादेवीको आज सम्म साथ र सहयोगका कारण घिमिरे निरन्तर राजनीतिमा अघाडी बढन सहयोग पुगेको छ ।

झापाको क्षेत्र नम्बर २ जहां प्रदेश नम्बर १ कै ईन्चार्ज जो ईमानदार निष्ठावान शालिन स्वच्छ छवि भएका निस्वार्थी कसैलाई काखापाखा गर्न नजान्ने स्वभाव भएका घिमिरेले २०४८ सालमा आफूलाई दिएको सांसदको टिकट समेतको लोभ नगरी पार्टी लाई बलियो बनाउनु पर्छ र समावेशी हुनुपर्ने भन्ने मान्यता को आधार मा ईलामका मणि सुब्बालाई माननीय सांसद बनाए , यस्ता व्यक्तित्व घिमिरे आज झापा क्षेत्र नम्बर २ ले संघीय सांसद को उम्मेदवार पाउनु हरेक हिसावले उचित र आवश्यक छ । २०७९ वैशाख मा सम्पन्न स्थानीय निर्वाचनमा १ नम्बर प्रदेश मा पार्टी को राम्रो परिणाम आउनुमा पनि स्वाभाविक रुपले ईन्चार्ज घिमिरे को महत्वपूर्ण भुमिका रहेको छ ।

नेता घिमिरे मेची अंन्चल इन्चार्ज हुंदा मेची अंन्चलको सबै सिट नेकपा एमालेले जित निकालेको इतिहास छ,वहाँ नै त्यस्तो ब्यतीत्व हो,जस्ले दुई नम्बर का करीव 50% मतदाता घरदैलो इलाम पांचथर र ताप्लेजुङमा भुमिगत राजनीति गर्दा देखिको दुख सुखको साथी हुनुभएको इतिहास छ,यस्तो प्रतीभा उमेद्धारको रुपमा पांउनु दुइ नम्बर क्षेत्रका मतदाताको सौभाग्य भएको हुंदा जित निकाल्न मतदाता आफै कम्वर कसेर लाग्छन । यो क्षेत्रका मतदाता ५O देखि ६O% त्यही भुगोलबाट माइग्रेड भएर आएका हुन् ।

नेकपा एमाले स्थाई कमिटि सदस्य, प्रदेश १ इन्चार्ज एवं लाखौं युवाहरुका आदर्श व्यक्तित्व, कुशल संगठक, शालिन व्यक्तित्वका धनी, कम्युनिस्ट आन्दोलन का खम्बा आदरणीय क.देवराज घिमिरे ज्यू आसन्न प्रतिनिधि सभाको निर्वाचनमा झापा क्षेत्र २ बाट नेकपा एमालेको तर्फबाट उमेदवारको रुपमा सिफारिस हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै पार्टीले वहांलाई न्याय गरोस भन्ने यस क्षेत्र का तमाम जनता तथा कार्यकर्ता हरूको माग छ ।

ramprasad

रामप्रसाद रिजाल
(रिजाल नेकपा एमालेका युवा नेता हुन् ।)