काठमाडौं,१० असोज । एकीकृत समाजवादीको अछाम जिल्ला कमिटी नै नेकपा एमालेमा समाहित भएको छ ।
एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हिरण्ड भट्टराईकाे नेतृत्वमा सिंगाे जिल्ला कमिटी नै एमालेमा फर्किएकाे हाे । पार्टी केन्द्रीय कार्यालय च्यासलमा साेमबार आयाेजित एक विशेष कार्यक्रमबीच भट्टराई एमालेमा प्रवेश गर्नुभएकाे हाे ।
कार्यक्रममा जिल्ला कमिटी,गाउँकमिटी र प्रदेश कमिटीका पदाधिकारी तथा नेताहरु पनि एमालेमै फर्किएकाे घाेषणा गरिएकाे छ । एमाले महासचिव शंकर पोखरेल, एमाले सचिव एवं सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्णवहादुर थापा लगायत नेताले उहाँहरुलाई पार्टीमा स्वागत गर्नुभयाे ।
जिल्ला कमिटी,गाउँकमिटी र प्रदेश कमिटीका अधिकांश नेता एमालेमा फर्किएसँगै माधवकुमार नेपाल नेतृत्वकाे एकीकृत समाजवादी अछाममा रित्तिएकाे छ ।
एमालेमा प्रवेश गर्ने क्रममा भट्टराई छुट्नुभएका नेताहरुलाई आफ्नै घर फर्कन आव्हान गर्नुभयाे । आफ्नै घरमा फर्किन पाउँदा आफूलाई खुशी लागेकाे भट्टराईले बताउनुभयाे ।



















