विराटचोक,१२ असोज । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ सुन्दरहरैँचा नगर कमिटीको बैठक सम्पन्न भएको छ । बुधबार विराटचोकको जेसिज भवनमा दोश्रो पूर्ण बैठक बसेको हो ।

309544715_3286298724949735_2379703478354101274_nबैठकले नगर स्तरीय १ हजार १  सदस्यीय निर्वाचन परिचालन कमिटी निर्माण गर्ने निर्णय गरिएको नगर कमिटीकी अध्यक्ष कविता शर्माले जानकारी दिईन ।  

बैठकमा अनेमसंघ केन्द्रिय सचिवालय सदस्य इन्दिरा फुयल ढकालको प्रमुख आतिथ्यता रहेको थियो भने अनेमसंघ केन्द्रिय सदस्य धनादेवी तामाङ,सुन्दरहरैँचा नगर उपप्रमुख अकली चौधरी,अनेमसंघ मोरङ जिल्ला कमिटी सदस्यहरु हेमकुमारी बिक,रिता सापकोटा ,सितादेवी अधिकारी लगायतको आतिथ्यता रहेको थियो । 

309387408_3286298268283114_5388688868111418646_nनगर कमिटीकी अध्यक्ष कविता शर्माको अध्यक्षतामा बसेको बैठक  सचिव गोमा कटवाल देउजाले संचालन गरेकी थिईन ।