काठमाडौं,१४असोज । नेकपा एकीकृत समाजवादीका बारा जिल्ला अध्यक्ष सुन्दर विश्वकर्मा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
समाजवादीका केन्द्रीय सदस्य समेत रहनुभएका विश्वकर्मा मधेस प्रदेश सभामा समाजवादीको सचेतक समेत हुनुहुन्थ्यो । बिहीबार एमाले अध्यक्ष केपी ओलीको निवासमा पुगी उहाँ एमाले प्रवेश गर्नुभएको हो ।
समाजवादीका केन्द्रीय निर्वाचन आयोग सदस्य तथा निवर्तमान मधेस प्रदेश सभा सदस्य सीता गुरुङ पनि एमाले फर्कनु भएको छ । उहाँहरूसँगै केन्द्रीय परिषद् सदस्यहरू कौशल किशोर सिंह, महेश विश्वकर्मा, प्रदेश कमिटी सदस्य दशरथ राम, विधा थापा, मीन रहपाल पनि एमाले प्रवेश गर्नुभएको छ ।
कार्यक्रममा समाजवादीका जिल्ला कमिटी सदस्यहरू पनि एमालेमा प्रवेश गर्नुभएको छ ।



















