काठमाडौं,१४ असोज । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यसमिती सदस्य सुनिल झा ‘रोहित’ नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।
उहाँसँगै तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका महासचिव इन्जिनियर देवेन्द्र कुमार यादव पनि एमालेमा प्रवेश गर्नुभएको हो । उहाँहरु दुवैजनालाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निजी निवास बालकोटमा आज एक कार्यक्रम गरेर पार्टीमा स्वागत गर्नुभयो ।



















