- भगवती अर्याल
विराटचोक ,१६ असोज । यतिखेर बडा दशैँ लगायतका नेपालिहरुको पर्वहरु नजिकिदै गरेको अवस्था छ । यिनै पर्वहरुको अवसरमा नेकपा एमालेले बेलबारी नगरका बिभिन्न वडाहरुमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । गत बिहिबार बेलबारी १ नम्बर वडा देखी सुरुगरेको कार्यक्रम ११ नम्बर वडा सम्म पुगेर सम्पन्न भएको छ ।

वडाका शाखा कमिटीहरुद्वारा आयोजना भएको कार्यक्रममा जनताहरुको उत्साहजनक सहभागितामा रहेकोमा नेकपा एमाले उत्साहित भएको छ । छोटो समयमा हतार हत्तारमा कार्यक्रमको आयोजना गरिएता पनि जनताको सहभागिता राम्र रहेकोमा एमाले बेलबारीका अध्यक्ष इरान राई दंग परेका छन् । उनले पार्टी प्रति जनताको स्वस्त स्फूत क्रेज बढेको बताए । कमरेड भानुभक्त ढकालको बिरुद्द बिपक्षीहरुले अनर्गल प्रचार गरेको कुरा जनताले थहापाए पछी भ्रम हटेको कुरा नेकपा एमाले १ नम्बर प्रदेश कमिटी सदस्य सुरेन्द्र थापाले बताए । पार्टीले आयोजना गरेका शुभकामना आदानप्रदान कार्यक्रमकमा बेलबारीको प्राय सबै वडाहरुमा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । ढकाल दोस्रो पटक मोरङ क्षेत्र नम्बर ३ बाट चुनावी मैदान होमिदैँ छन् ।
शुभकामना आदानप्रदान कार्यक्रम संगै बेलबारीका बिभिन्न वडाहरुमा एमालेमा प्रवेश लहर चलेको छ । यसैक्रममा एमाले बेलबारी १० काे आयाेजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा जनता सामाजवादी नेपाल मोरङका सदस्यहरु कल्पना राई,सीता राई लगायत विभिन्न कमिटीका सदस्यहरु गरि जम्मा ४१ जना एमालेमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई नेता ढकालले स्वागत गरेका थिए ।
नेकपा एमालेले देश र जनताको लागि राम्रो कामगरेको र भानुभक्त ढकालले १० नम्बर वडाका जनताहरुलाई लगाएको गुनकाकारण एमाले प्रवेश गरेको नव प्रवेशीहरुले जिकिर गरे । चिसाङ खोलाको नजिकै रहेको १० नम्बर वडामा बर्षेनी नदि कटानको समस्या रहेको थियो तर माननीय भानुभक्त ढकालको पहलमा हामिलाई केहि राहत मिलेको प्रवेशिहरुको भनाई छ ।
निर्वाचनको मिति नजिकिए संगै सोहि क्षेत्र नम्बर ३ अन्तर्गत सुन्दरहरैँचामा पनि नेकपा एसका धेरै जसो नेताकार्यकर्ताहरु एमाले प्रवेश गरिसकेका छन् भने बाकि रहेका केहि कमरेडहरु एमालेमै फर्किने तयारीमा लागेको एमाले मोरङका नेता भक्ताकिरण राइले जानकारी दिए ।



















