काठमाडौं,२० असोज । रौतहट जिल्लाका नेकपा एकीकृत समाजवादीमा लागेका नेताहरू एमालेमा नै फर्कनु भएको छ । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उहाँहरूलाई बिहीबार पार्टीमा स्वागत गर्नुभएको हो । ओलीले आफ्नै निवास बालकोटमा उहाँहरूलाई पार्टीमा स्वागत गर्नुभयो । 

एमाले फर्कनेमा रौतहटको गुजरा नगरपालिकाको मेयर प्रत्याशी केशव राय चौधरी, जनआन्दोलनका सहिद ताहिर हुसेन अन्सारीका छोरा एवं सो पार्टीका जिल्ला सदस्य सकिल अन्सारी, सोवीन्द्र चौधरी लगायत रहनुभएको छ । सो कार्यक्रममा अन्य जिल्ला कमिटी सदस्य, विभिन्न वडाध्यक्षका प्रत्याशी पनि एमाले फर्कनु भएको थियो ।