काठमाडौं,२१ असोज । नेकपा एमालेले धमाधम उम्मेदवारी सार्वजनिक गर्न सुरु गरेको छ । एमालेले काभ्रेपलाञ्चोकमा प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा  रेशम लामा र २ मा गोकुल बाँस्कोटालाई उम्मेदवार बताएको हो । 

एमालेबाट काभ्रेको १ प्रदेशसभा क मा दिलिप लामा र ख मा चन्द्र लामा उम्मेदवार बनेका छन् । यस्तै २ प्रदेश क मा कुमार खकुरेल र ख कुमार थापालाई एमालेले उम्मेदवार बनाएको छ ।

सोसँगै २३ असोजमा उनीहरुले निर्वाचन कार्यालयमा उम्मेदवारी दिनेछन् । 

ताप्लेजुङमा एमालेको उम्मेदवार योगेश

नेकपा एमालेले ताप्लेजुङबाट सचिव योगेश भट्टराईलाई उम्मेदवार बनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले ताप्लेजुङमा प्रतिनिधिसभा सदस्यको टिकट भट्टराईलाई दिएका हुन् ।

टिकटका लागि भट्टराई र तिलकुमार मेनेङ्बो आकांक्षी थिए । ओलीले  मेनेङ्बोलाई प्रदेशसभामा राखेर भट्टराईलाई प्रतिनिधिसभा सदस्यको टिकट दिइएको एमालेका एक नेताले बताए । ताप्लेजुङको क मा तिलकुमार मेनेङ्बो र ख मा मणिशंकर पोमो उम्मेदवार बनेको ती नेताको भनाइ छ ।