काठमाडौं, २२ असोज । काठमाडौंको तारकेश्वर नगरपालिकामा नेकपा (एस) का सबैजना नेकपा एमालेमा समाहित हुनुभएको छ् । एकीकृत समाजवादीका नगर अध्यक्ष तथा केन्द्रीय परिषद सदस्य लब कुमार बस्नेत , केन्द्रिय परिषद सदस्य तथा पूर्व वडा अध्यक्ष मधु कार्की , रबिन्द्र के।सी , पूर्व गा.बि.स अध्यक्ष तथा एकिृत समाजवादीका बागमती प्रदेश सदस्य उद्धव तिमिल्सिना , जिल्ला कमिटी सदस्य कोमल प्रसाद भट्ट , तानपा ६ का वडा कमिटी अध्यक्ष रिशी घिमिरे सहित ४० जना भन्दा बढी एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता एमालेमा समाहित हुनुभएको हो।
शेषमतीमा अवस्थीत दियालो फुड ल्याण्डमा आयोजित भब्य समारोहका बिच एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल , केन्द्रिय प्रचार बिभाग सचिव गगन बिष्ट , जिल्ला अध्यक्ष दिपक निरौलाको उपस्थितिमा उहाँहरू एमालेमा समाहित हुनुभएको हो ।
सो अवसरमा एकीकृत समाजवादीका नगर अध्यक्ष तथा केन्द्रीय परिषद सदस्य लब कुमार बस्नेतले अब मुल घर एमालेमै फर्केको बताउदै काठमाडौं क्षेत्र नं ६ लाई एमालेमय बनाउन आफ्नो योग्दान हुने बताउनुभयो । माओवादीमा विलय गराउने पार्टीमा एमालेबाट विद्रोह गरेर गएको भनिएका सबै साथीहरु एमालेमै फर्किनु भएको छ। माधव नेपालले कांग्रेसको बुँई चढेर कम्युनिष्ठ आन्दोलनलाई कमजोर बनाउदैं हजारौं कार्यकर्ताहरुलाई राजनैतिक बिचलन बनाएको उहाँले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुल पार्टी एमालेमा फर्कने समाजवादी तर्फका नेता तथा कार्यकर्ताहरुको पवित्र भावनाको सम्मान गर्नुहुदै , आगामी दिनमा कार्यकुशलला , क्षमता र पार्टी प्रतिको भूमिकाको आधारमा बिभिन्न तह र तप्कामा सम्मानजनक स्थान दिइने बताउनुभयो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले आगामी निर्वाचनमा एमाले पहिलो दल बन्ने दाबी गर्नुभएको छ । उहाँले यसका लागि गाउँ र टोलबाटै पार्टीका नेता कार्यकर्ता एकीकृत हुनुपर्ने बताउनुभयो । उहाँले एमालेलाई घेर्नेबन्दी बनाउने योजना सफल नहुने जिकिर पनि गर्नुभयो ।
जनता टाइम्सबाट



















