मोरङ,२२ असोज । नेकपा एमाले मोरङका सचिव रुपेश खतिवडाले  पदबाट राजिनामा दिएका छन् । उनले अहिले उम्मेदवारको प्रचार पजनी शैलीमा भएको बताएका छन् । एमाले प्रदेश १ कमिटी र केन्द्रीय कमिटीलाई बोधार्थ दिँदै उनले शनिबार  आज राजीनामा दिएका हुन् ।

 मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि भएको टिकट वितरणमा असन्तुष्टि जनाँउदै उनले  बिज्ञप्तीमा मार्फत पदबाट राजिनामा दिएका हुन् ।

एमाले मोरङका तर्फबाट उम्मेदवार सिफारिस गर्दा पार्टीको नीति सिद्धान्त र विधिविपरीत केही व्यक्तिको स्वार्थ अनुकुल सामाजिक सञ्जालमा प्रचार गरिएकाले उहाँ असहमत भएर राजिनामा उल्लेख गरेका छन् ।

उनले अहिले उम्मेदवारको प्रचार पजनी शैलीमा भएको बताएका छन् ।  खतिवडा मोरङ क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यमा सिफारिस भएका थिए । तर, पार्टीले उमाकान्त गौतमलाई टिकट दिएको छ ।


यस्तो छ उनको बिज्ञप्ती । 

आशन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा / प्रदेश सभा निर्वाचनमा नेकपा एमाले मोरङको तर्फ़बाट उम्मेदवार सिफारिस गर्दा वा सर्वस‌म्मत गर्दा वा छनौट गर्दा पार्टीको निधि, सिधान्त, विधि पद्धति र प्रकृया विपरित केहि निश्चित व्यक्तिको स्वार्थ अनुकुल गरी सामाजीक संजाल मार्फत प्रचार गर्ने कार्य भएको प्रति पूर्ण असहमति रहेको बिज्ञप्ती मार्फ़त जानकारी गराएका छन्  । 

पार्टी कमिटी कायार्थ  हुन्, केवल बोधार्थ वा मानार्थ मात्र होईनन् । पार्टीले गर्ने निर्णयहरु सुचनाहरुमा पदिय जिम्मेवारी अनुसार सचिवको संलग्नता अनिवार्य हुनुपर्दछ र हुनुपर्ने हो । तर अहिलेको उम्मेदवारको पजनी  र प्रचारमा पार्टीको संस्थागत जानकारी निर्णय  विपरित रहेको व्योहोरा अनुरोध गरेका छन्  ।

यसर्थ यस्तो गैर  राजनीतिक कर्मको किनाराको साक्षी भएर बस्न नैतिकरुपमा नमिल्ने र आम पार्टी कार्यकर्ता र पार्टी सदस्यहरुको  बद्धको निष्ठा र भावना विपरित हुने भएकोले नेकपा एमाले जिल्ला कमिटी मोरङको सचिव पदबाट  राजीनामा दिएको व्योहोरा अनुरोध छ ' उनले  बिज्ञप्तीमा मार्फत ब्याक्त गरेका छन् । 

310769063_3436937746540970_2109236034323292104_n