मोरङ,२२ असोज । नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि रहेका बेलबारी १ का राजकुमार लिम्बूले आफुमाथि पटक-पटक घात भएको भन्दै पार्टी परित्याग गर्ने मुड बनाएका छन । 

 आगामी मंसिर ४ गते हुने प्रदेशसभाको निर्वाचनमा उनी मोरङ क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश साँसदको आकाँक्षी थिए । उनलाई काँग्रेसका नेताहरुले आश्वासन समेत दिएका थिए । तर सो क्षेत्र गठबन्धनका तर्फबाट एकिकृत समाजवादीको भागमा परेपछि उनको टिकट खोसिएको छ । 

पहिलो स्थानीय तहको निर्वाचनमा बेलबारी नगरपालिकाको मेयरमा आफनै पार्टीको केही नेताको अन्तर्घातका कारण झिनो मतका साथ पराजित उनी दोस्रो स्थानीय निर्वाचनमा समेत आँकाक्षी थिए । सोही निर्वाचनमा समेत उनीमाथि घात भयो । महासमिति सदस्य बन्ने होडमा रहेका उनलाई मेयरको टिकटको ललिपप देखाएर महाधिबेशन प्रतिनिधिमै सिमित बनाउदै  ब्याक गरेर निर्वाचनमा अन्तर्घात गरिएको थियो ।

नेपाली काँग्रेस बेबलारीको सचिव ,सभापति,जिल्ला सदस्य हुँदै बिभिन्न ओहदामा रहेर काम गरेको र स्वच्छ छवि बनाएका लिम्बुमाथि पटक पटक अन्तर्घात भएपछि उनले पार्टी परित्याग गरि स्वतन्त्र बस्ने मुड बनाएका छन । बेतना दैनिक बाट